News Portal

  • न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ

    भक्तपुर, ४ चैैत २०८०
    २१२ पटक
    भक्तपुर, ४ चैैत २०८०

    वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा झापाको मेचिनगर नगरपालिका–१० घर भई हाल काठमाडौं मैतिदेवी बस्ने वर्ष २७ को समित भट्टराई रहेका छन्।

    समितले पदम बहादुर बुढालाई वैदेशिक रोजगारीको लागि न्युजिल्यान्ड पठाइदिन्छु, त्यसको लागि १४ लाख रुपैयाँ लाग्छ, न्युजिल्यान्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक २ लाख ५० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीले जनाएको छ।

    पीडितबाट पटक पटक गरी जम्मा ४ लाख रुपैयाँ रकम लिई  सम्पर्कविहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चैत २ गते मिनभवनबाट पक्राउ गरेको हो।

    भट्टराईमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको छ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...