News Portal

  • माओवादी केन्द्रमा १५ वर्षदेखि भक्तपुर जिल्ला इन्चार्ज रहेका दिलिपलाई पुन: सोही जिम्मेवारी

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १० चैैत २०८०
    ४६४ पटक
    भक्तपुर, १० चैैत २०८०

    सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले भक्तपुर इन्चार्जमा पुन: नेता दिलिप प्रजापति ‘भिष्म’लाई पत्याएको छ । माओवादी केन्द्रले १५ वर्षदेखि भक्तपुर जिल्ला इन्चार्ज रहेका दिलिपलाई पुन: सोही जिम्मेवारी दिएको हो ।

    भक्तपुर जिल्लामा पार्टी इन्चार्जको जिम्मेवारी दिलिपलाई दिइएको बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले पुष्टि गरेका छन् । प्रदेश अन्तर्गत सबै जिल्ला र ३ महानगरमा इन्चार्ज नियुक्त भएका र भक्तपुरमा प्रजापतिले निरन्तरता पाएका उनले पुष्टि गरे । नेता दिलिप प्रजापति पार्टीका केन्द्रीय सदस्य हुन् । पहिलो संविधान सभाको निर्वाचनमा यसोदा सुवेदी पार्टी इन्चार्ज थिइन् । तत्पश्चात दिलिपले सो जिम्मेवारी पाइरहेका छन् । जनयुद्धकालीन नेता समेत रहेका उनी १५ वर्षदेखि भक्तपुर जिल्ला इन्चार्जको भूमिकामा रहेका छन् ।

    बागमती प्रदेशबाट केन्द्रीय सदस्य भएका नेताहरु सम्मिलित समितिको बैठकबाट जिल्ला इन्चार्ज बारे निर्णय गरिएको जिल्ला संयोजक सुनिल गोठे बासुले बताए । भक्तपुरमा माओवादी केन्द्रका आधा दर्जन केन्द्रीय सदस्य रहेका छन् । उनीहरु मध्येबाट दिलिपलाई इन्चार्जको जिम्मेवारी दिइएको उनले जानकारी गराए ।

    भक्तपुर इन्चार्जको जिम्मेवारी पाएका दिलिपसंग लामो अनुभव भएकाले जिल्लामा पार्टी संगठन सुद्रिधिकरणमा सहयोग पुग्ने उनले बिश्वास व्यक्त गरेका छन् । पछिल्लो समय भक्तपुरमा माओवादी केन्द्रको संगठनात्मक स्फूर्ती र जनाधार घट्दै गैरहेको देखिन्छ । यस्तो अवस्थामा विशेष कार्यक्रम मार्फत संगठनमा प्राण भर्न आफू प्रयासरत रहेको र त्यसमा इन्चार्जको अनुभवले थप मद्दत मिल्ने जिल्ला संयोजक बासुले जिकिर गरेका छन् ।

    जनयुद्धकालिन नेता, वाइसिएलको संस्थापक महासचिव र लामो समय भक्तपुर इन्चार्ज रहेका दिलिपलाई पार्टी सरकारमा रहंदा समेत कुनै राजकीय जिम्मेवारी नदिइएको, राष्ट्रिय सभामा समेत नलगिएको र जिल्लामै थनक्याइएको प्रति उनका शुभेच्छुकहरु असन्तुष्ट  छन् । पार्टीको जिम्मेवारी सानोठुलो नहुने भन्दै उनले भने हरेक जिम्मेवारीलाई इमान्दारीताका साथ् निर्वाह गर्ने प्रतिवद्धता प्रकट गरे ।

    नेकपा माओवादी केन्द्रको बागमती प्रदेश अन्तर्गतका जिल्ला, महानगर र उपमहानगर गरी १६ वटै ठाउँमा नयाँ इन्चार्जहरू तोकिएका छन् । बागमती प्रदेशको इन्चार्जमा भने पार्टी उपाध्यक्ष अग्नि सापकोटा रहेका छन् । जिम्मेवारी पाएका इन्चार्जहरु निम्नबमोजिम छन् ।

    १) रसुवा–कल्पना शर्मा
    २) धादिङ–पुष्पविक्रम मल्ल
    ३) चितवन–घनश्याम दाहाल
    ४) मकवानपुर–बिजय गौतम
    ५) सिन्धुली–बुद्धिमान माझी
    ६) रामेछाप–श्यामकुमार श्रेष्ठ
    ७) दोलखा–बिशाल खड्का
    ८) काभ्रेपलाञ्चोक–तेजबहादुर मिजार
    ९) सिन्धुपाल्चोक–केशव नेपाल
    १०) नुवाकोट–हिरानाथ खतिवडा
    ११) काठमाडौं–सूर्य सुवेदी पथिक
    १२) ललितपुर–हरि दाहाल
    १३) भक्तपुर–दिलिप प्रजापति
    १४) काठमाडौं महानगर–मुक्तिनारायण प्रधान
    १५) ललितपुर महानगर–राजकाजी महर्जन
    १६) हेटौंडा उपमहानगर–प्रल्हाद लामिछाने

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...