News Portal

  • ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    भक्तपुरपोष्ट संवाददाता ललितपुर, १३ चैैत २०८०
    १०० पटक
    ललितपुर, १३ चैैत २०८०

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

    घटनामा संलग्न रहेको आरोपमा प्रहरीले खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका-२ का विजय राई र सोही ठाउँका सुलभ राईका साथै भोजपुर ट्याम्केमयुङ-२ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरेको हो ।

    प्रहरीका अनुसार घटनाका मुख्य आरोपी विजय राई यसअघि आगुऔषध मुद्दामा दोषी ठहर भई २ वर्ष जेल बसेर छुटेका थिए ।

    आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २ जनाको मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  आफ्नै जीवनको संस्मरण समेटिएको पुस्तक यमलोकको...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    शासक दलहरु मन्त्री पदकै निम्ति हानाथाप गरिरहेका छन् : गोसाई

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले शासक दलहरु...

    सल्लाघारीमा जारी महोत्सवमा दैनिक हजारौको भीड, किनमेल र मनोरन्जन नै मुख्य आकर्षण

    सल्लाघारीस्थित १०८ रोपनी मैदानमा जारी ८ औं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव धुमधामका...