News Portal

  • विद्युत प्राधिकरणले सडक बत्तीको लाइन काटेपछि भक्तपुरकी प्रजिअ परेशान

    राजेशमान मानन्धर भक्तपुर, २० चैैत २०८०
    ८९५ पटक
    roshani shreshtha cdoभक्तपुर, २० चैैत २०८०

    नेपाल विद्युत प्राधिकरणले मनोमानी ढंगले सडक बत्तीको लाइन काटिदिएपछि सिडिओ रोशनी कुमारी श्रेष्ठको परेशानी बढेको छ । मंगलवार विद्युत लाइन काटिएको ५ घण्टापछि सिडिओ श्रेष्ठको पहलमा प्राधिकरणले पुनः जोडिदिएको भएपनि बत्तीको महसुल नतिरेको कारण जुनसुकै बेला काट्न सकिने चेतावनी दिएपछि उनको परेशानी कायमै छ ।

    विद्युत प्राधिकरणले महसुल नतिरेको कारण देखाउंदै मंगलवार राजमार्गको बिजुली काटेपछि ट्राफिक लाईट र नेपाल प्रहरीले अपराध नियन्त्रणका लागि राखिएका सिसि क्यामरा समेत बन्द हुन पुगेको थियो । यसले जिल्लाको शान्ति सुरक्षाको स्थिति नै प्रभावित भएपछि प्रजिअ श्रेष्ठले आवश्यक पहल गरेकी थिइन् । गृह मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना र मध्यपुर थिमि नगरपालिकासँग आवश्यक पहल गरेपछि अन्ततः प्राधिकरणले लाइन जोडेको सहायक सिडिओ डोरेन्द्र निरौलाले जानकारी दिए ।

    मंगलवार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा लाइन काटिएको विषयमा छलफल भएको र सो बैठकले अरनिको राजमार्गको भक्तपुर खण्डको सडक बत्ती र ट्राफिक लाइट अवरुद्ध हुँदा दुर्घटनाको जोखिम बढेको साथै, नेपाल प्रहरीको सिसि क्यामरा समेत बन्द हुँदा अपराध नियन्त्रणमा समेत असर पुग्ने भएकाले हाललाई विद्युत लाइन सूचारु गर्न प्राधिकरणलाई अनुरोध गर्ने निर्णय भएको सहायक सिडिओ निरौलाले बताए । सोही निर्णय बमोजिम सिडिओ श्रेष्ठले सम्बन्धित निकायमा आवश्यक पहल गरेकी थिइन् ।

    प्रजिअ श्रेष्ठले बैठकको निर्णयका आधारमा तत्काल नेपाल विद्युत प्राधिकरणलाई पत्र पठाई काठमाण्डौं उपत्यकाको पूर्वमा रहेको २१ वटा जिल्ला जोड्ने प्रमुख नाका र सडक अरनिको राजमार्गमा ट्राफिक लाइट नै अवरुद्ध हुँदा दुर्घटनाको संख्या बढ्न सक्ने र साथै सिसि क्यामराको समेत विद्युत अवरुद्ध हुन गई अपराध नियन्त्रणमा समेत गम्भिर असर पर्न जाने भएकाले हाललाई विद्युत सूचारु गर्न अनुरोध गरेकी थिइन् ।

    प्रजिअ श्रेष्ठले पत्र  पठाएपछि गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच छलफल भएको थियो । सो छलफल पश्चात तत्कालको लागि विद्युत लाईन जोडिएको हो । ट्राफिक लाइटलाई बाधा नपुग्ने गरी अन्य सडक बत्तिको लाइन भने जुनसुकै समयदेखि काट्न सकिने प्राधिकरण श्रोतले जनाएको छ ।

    नेपाल विद्युत प्राधिकरण थिमि शाखाका प्रमुख जयनन्द झाले सूर्यविनायक–धुलिखेल, धुलिखेल– सिन्धुली–बर्दिवास सडक आयोजनाको नाममा लोहकिल्थली मनोहरा पुलदेखी सूर्यविनायक चोकसम्म रहेका विद्युत मिटरको करिव १० लाख रुपैंया महशुल नतिरेकोले लाइन काटिएको जानकारी दिए । उक्त सडक आयोजनाका प्रमुख राजेन्द्रप्रसाद दासले भने यस विषयमा माथिल्लो तहमा जानकारी गराईएको बताए ।

    मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले गतवर्ष मात्र नगरपालिकाले करिव ८ लाख रुपैंया विद्युत प्राधिकरणलाई भुक्तानी गरेर सडक बत्ती बालेको जानकारी दिँदैं सडक आयोजनाको नाममा रहेको मिटरको बिलबारे थाहा नभएको बताएका छन् । प्राधिकरणले एकमुष्ट रकम माग गरेर पठाउनु जायज नभएको जिकिर गर्दै मेयर श्रेष्ठले कहिले देखिको के कति बाँकी रहेको सो विवरण खुलाएर पठाउनु पर्ने माग गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...