News Portal

  • धिमे बाजा प्रतियोगितामा ५० टोलिलाई पछि पार्दै सिरुटारको लुँनिभा धिमे खल उपत्यका प्रथम

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २६ चैैत २०८०
    २०५ पटक
    भक्तपुर, २६ चैैत २०८०

    मध्यपुर थिमिको बोडेमा सम्पन्न उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारको लुँनिभा धिमे खलः प्रथम भएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजनामा सोमवार सम्पन्न प्रतियोगितामा लुँनिभा धिमे खलः प्रथम भएको हो ।

    लाकुछें धिमे गुठी र खपला धिमे गुठीको सहकार्यमा नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा लुँनिभाले प्रथम हुँदैं शिल्ड, प्रमाणपत्र र नगद २५ हजार रुपैयाँ नगद पुरस्कार पनि जित्न सफल भएको छ ।

    लुँनिभा गत शनिवार भक्तपुरको दरवार स्क्वायरमा सम्पन्न प्रथम बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगितामा पनि प्रथम भएको थियो ।

    प्रतियोगितामा चाँगुनारायण नगरपालिका वडा नं ९, ताथलीको ताथली धिमे खलः दोस्रो हुन सफल भएको छ । ताथलीले शिल्ड, प्रमाणपत्र र नगद २० हजार पुरस्कार प्राप्त गरेको छ । ताथली पनि गत शनिवार भक्तपुरमा सम्पन्न प्रथम बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगितामा दोश्रो नै भएको थियो ।

    त्यसैगरी, सूर्यविनायक नगरपालिका १ सिरुटारको श्री नासः धिमे खलः तेस्रो र मध्यपुर थिमिको श्री ईन्द्रायणी धिमे खलः चौंथो हुन सफल भएका छन् । नासः धिमे खलःले नगद १५ हजार र ईन्द्रायणीले नगद १० हजार पुरस्कार प्राप्त गरे ।

    प्रतियोगितामा निर्णायक मण्डलले श्री नास भैल धिमे खलः थानकोट काठमाण्डौंलाई जर्ज च्वाइस अवार्ड प्रदान गर्दै प्रोत्साहित गरेको छ ।

    प्रतियोगितामा काठमाण्डौं उपत्यकाका विभिन्न नगरपालिकाका ५० वटा धिमे खलः, समूह, पुचः, गुठीहरुको सहभागिता रहेको थियो । उत्साहपूर्णरुपले प्रतियोगिता सकिएको संयोजक दिलकृष्ण प्रजापतिले जानकारी दिएका छन् ।

    प्रतियोगितामा विजयी समुहलाई पुरस्कृत गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बोडे आफैंमा पनि साँस्कृतिक शहर भएको बताए । प्रतियोगिताले संंंँ‌स्कृति संरक्षणका साथै पर्यटन बिकाशमा सहयोग हुने उनले बिस्वास ब्यक्त गरे । बोडेको जिब्रो छेड्ने जात्राको प्रचारका लागि पनि प्रतियोगिता फलदायी भएको उनको भनाइ छ ।

    प्रतियोगितामा युवा वर्गको बाहुल्यता रहेकामा संतोष ब्यक्त गर्दै धिमे बाजालाई पुस्तान्तरण गर्न धिमे बाजा प्रतियोगिताले थप योगदान दिएको नगर प्रमुखले दावी गरेका छन् ।

    सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि नगरपालिकाले दिवा खाजा, शिशु स्याहार केन्द्र, विद्यालयका अतिरिक्त क्रियाकलापको लागि खेल शिक्षकको व्यवस्था, सामूदायिक विद्यालयको शौचालयको सरसफाई लगायतमा नगरपालिकाले लगानी गरिरहेको उनले बताए ।

    मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले संस्कृतीलाई पर्यटनसंग जोड्नपर्नेमा जोड दिए । बोडेको जिब्रो छेड्ने जात्रा विश्व प्रसिद्ध रहेको चर्चा गर्दै बोडेको ऐतिहासिक सम्पदा, पार्क र पोखरीलाई पयर्टन र आय आर्जनसँग जोड्दै लैजान पर्नेमा उनले जोड दिएका छन् ।

    प्रतिनिधि सभा सदस्य संघीय सांसद दुर्लभ थापा, प्रदेश सांसदहरु, जनप्रतिनिधिहरु, सस्कृतीकर्मीहरु र बहुसंख्यक स्थानीयले प्रतियोगिताको अभिरुचीपूर्वक अवलोकन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...