News Portal

  • सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३० चैत २०८०
    ५३५ पटक
    भक्तपुर, ३० चैत २०८०

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै रुपमा अघि बढिरहेको छ । यसैक्रममा महिला समुह समेत सरसफाइमा जोडिएका छन् ।

    पहिलो पटक नवदुर्गा महिला समुहले गठ्ठाघर चोक सरसफाईको जिम्मा लिएको छ । घर संगै चोक सफा राख्न पर्ने आवश्यकता औल्याउँदै नवदुर्गा महिला समुहले सबै महिलालाई गठ्ठाघर चोक सफाइमा साथ दिन अपिल गरेको छ । जिल्लाका सबै महिला समुहलाई समेत आ-आफ्नो सार्वजनिक स्थलको सफाइमा जुट्न नवदुर्गा महिला समुहका सदस्यहरुले आग्रह गरेका छन् ।

    नयाँ बर्ष २०८१ साल तथा बिस्का जात्राको उपलक्ष्यमा मध्यपुर थिमी-३ गठ्ठाघरस्थित नवदुर्गा महिला समुह पहिलोपटक सफाइ अभियानमा जुटेको हो । राष्ट्रको लागि दुई घण्टा अभियान र नेपाल फुलबारीको सहकार्यमा बृहत गठ्ठाघर चोक सफाइ भएको छ । अरनिको राजमार्ग सडकको दायाँबायाँ बस स्टप वरपर सरसफाई कार्यक्रम सफलतापूर्वक सम्पन्न भए संगै यसलाई निरन्तरता दिने निर्णय समुहले जनाएको छ ।

    स्वस्थ जीवन र सभ्य समाजका लागि सरसफाइको महत्व रहेको उल्लेख गर्दै  नवदुर्गा महिला समुहकी अध्यक्ष सुनिता न्यौपानेले गठ्ठाघरको सार्वजनिक स्थल सफाइमा आफूहरुको समुह निरन्तर लाग्ने प्रतिवद्धता प्रकट गरिन । राष्ट्रको लागि दुई घण्टा अभियान र नेपाल फुलबारीले सफाइका लागि प्रेरित गर्नुका साथै सहकार्य समेत गरेकामा उनले आभार प्रकट गरेकी छन् ।

    राष्ट्रको लागि दुई घण्टा अभियानका अध्यक्ष मधु ढुङ्गेलले स्थानीय क्षेत्रको सफाइमा स्थानीयहरु नै  जागरुक हुनु सुखद पक्ष भएको बताए । यसले सफाइमा प्रभावकारीता र दीर्घकालीन हुने उनको दावी छ । नेपाल फुलबारीका केदार घिमिरेले हरेक सफाइ अभियानमा आफूहरुले सहकार्य गर्दै अघि बढ्ने बताएका छन् ।

    भक्तपुर स्वच्छ, सफा र हराभरा बनाउन सबैको सामुहिक प्रयासले मात्र सम्भव हुने बताउदै राष्ट्रको लागि दुई घण्टा अभियानका उपाध्यक्ष एवं समाजसेवी नरेश रन्जितले समुहमा बल हुने भएकोले सरसफाइमा सबैको हातेमालो हुनुपर्नेमा जोड दिए ।

    मन सफा हुनेहरुले मात्र सार्वजनिक स्थल सफा गर्ने सामर्थ्य राख्ने जिकिर गर्दै रन्जितले भने-” आफ्नो घर त सबैले सफा गर्छन्, आफ्नो चोक सफा गर्न सक्ने मानिस सामाजिक हो र अरुको फोहोर सफा गर्न सक्ने मानिस समाजसेवी । उनले हरेक ब्यक्ति समाज र देशप्रति जवाफदेही हुनुपर्नेमा जोड दिदै ‘राष्ट्रको लागि दुई घण्टा अभियान’ शुरु भएको समेत जानकारी गराएका छन् ।

    राष्ट्रको लागि दुई घण्टा अभियानले हरेक शनिबार २ घण्टा सरसफाइ, बृक्षारोपण र जनजेतनामूलक कार्यक्रम गर्दै  आएको छ । अभियानमा हजारौं अभियन्ता र सयौं सामाजिक संघ संस्था जोडिएर स्वयंसेवी भावनाले सफाइ गतिविधि अघि बढेको छ । स्थानीय चोक, गल्ली मात्र नभई अरनिको राजमार्ग सफाइ, बृक्षारोपण र शहर सौन्दर्यकरणमा पनि अभियानले काम गरिरहेको देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...