News Portal

  • लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २ बैशाख २०८१
    ९६२ पटक
    भक्तपुर, २ बैशाख २०८१

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक ‘यमलोक यात्रा’ एक कार्यक्रमवीच सार्वजनिक भएको हो ।

    आइतबार भक्तपुर नागरिक समाजको एक कार्यक्रमका बीच नागरिक अगुवा एवं समाजसेवी डा इन्दुल केसी, संविधान सभा सदस्य डा खिमलाल देवकोटा, बागमति प्रदेश सभाका सदस्य देवेन्द्र श्रेष्ठ, भक्तपुर नागरिक समाजका संयोजक डा जीवन घिमिरे र लेखक खाइजू स्वयंले पुस्तक संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

    कार्यक्रममा लेखक खाइजूले तत्कालीन जनयुद्धका पक्षमा आफू रहँदा पाएका यातनाको फेहरिस्त पुस्तकमा प्रस्तुत गर्न खोजेको प्रष्ट पारे । परिवर्तन सजिलै भएको ठान्ने र निराशा मात्र बाढ्ने नयाँ पुस्ताका लागि आफ्नो पुस्तकले बैचारिक दृढता, राजनीति संघर्ष, त्याग, बलिदान र क्रान्तिको पाठ पठाउन मद्दत मिल्ने उनले बिश्वास ब्यक्त गरेका छन् ।

    उक्त अवसरमा संविधान सभा सदस्य खिमलाल देवकोटाले तत्कालीन जनयुद्धका सहिद, बेपत्ता, घाइते लगायतलाई संविधानको प्रस्तावनामै सम्झिएर सम्मान गरिएको स्मरण गर्दै जनयुद्धका योद्धाहरु जनताका अमूल्य सम्पत्तिको रुपमा रहेका उल्लेख गरे । “जनयुद्धका योद्धाहरुप्रति कृतज्ञ नहुने हो भने वर्तमान ब्यवस्था र संविधानका ब्यवस्थाहरु लागू गर्नै सकिदैन ।” उनले भने ।

    पुस्तक सुनेर, देखेर वा भोगेर लेखिने बिधा भएको बताउँदै उनले लेखक खाइजूले आफ्नो भोगाइलाई जस्ताको तस्तै पुस्तकमा उतारेर इतिहास माथि न्याय गरेको बताएका छन् । नागरिक समाजले इतिहासका घटनालाई प्राथमिकतापूर्वक विश्लेषण गर्नुपर्नेमा जोड दिदै डा देवकोटाले नागरिक समाजको अगुवाईमा क्रान्तिकारी पुस्तक लोकार्पण कार्यक्रम आयोजना गरिनु प्रशंसनीय रहेको भन्दै सन्तोष ब्यक्त गरेका छन् ।

    त्यसैगरी बागमती प्रदेश सभाका सदस्य समेत रहेका नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठले राज्य पक्षले अन्याय र अत्याचारको हद पार गरेको स्मरण गरे । राज्य पक्षको याततायी प्रवृत्ति बिरुद्ध जनमुक्ति सेनाले प्रतिरोध मात्र गरेको उनको भनाइ छ ।

    जनयुद्धमा  लागेको फर्जी रिपोर्ट बनाएर भक्तपुरमै एक महिलामाथि बलात्कार र जीउँदै आगो लगाएर हत्या गरेको कुरा अझैपनि कतै नलेखिएको खुलासा गर्दै जनयुद्धका बैज्ञानिक समेत भनिएका श्रेष्ठले जनयुद्धमा लामबद्ध भएकाहरुले त अझ बढी राज्यको बर्बर यातना र निर्मम हत्या हासीहासी स्वीकार गरी देश  र जनतालाई वर्तमान परिवर्तन उपहार दिएका दावी गरेका छन् । जनयुद्धकै उपलब्धिमा पौडी खेल्दै जनयुद्धमा लागेकालाई धारेहात लाउने कार्य सह्य नहुने उनले चेतावनी समेत दिएका छन् ।

    कार्यक्रममा नागरिक अगुवा एवं समाजसेवी डा इन्दुल केसीले लेखक खाइजूको पुस्तक पढ्दा उनलाई सजिलै पढ्न सकिने प्रष्ट पार्दै खाइजू लाई जीउँदो शहिदको संज्ञा दिएर सम्मान व्यक्त गरे ।

    भक्तपुर नागरिक समाजका अध्यक्ष डा जीवन घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सूर्यविनायक नगरपालिकाका पूर्व प्रवक्ता उपेन्द्र केसीले गरेका थिए । कार्यक्रममा गोरखापत्रका सम्पादक सल्लाहकार उपेश महर्जन, रास्वपाका युवा नेता साजन विक, जिल्ला संयोजक रामेश्वर थापा र नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तक लगायतको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा पत्रकार केशवराज लुइँटेल लगायतले कविता बाचन समेत गरेका थिए । उक्त अवसरमा भक्तपुरका नागरिक अगुवा, समाजसेवी, साहित्यकार र अभियन्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

    पुस्तक यमलोक यात्रा १ सय ४८ पृष्ठको छ । पुस्तकको प्रकाशन नन् स्टप मिडियाले गरेको हो । भक्तपुरको कटुन्जे घर भएका खाइजू जनयुद्धमा सामेल भएकै कारण गिरफ्तार परेका र सैनिक हिरासतमा रहँदा पाएका यातनाबारे बताइएको पुस्तक  पठनीय मात्र नभई ऐतिहासिक दस्तावेज समेत भएको प्रकाशकको दावी छ ।

    पुस्तकको मूल्य ब्यक्तिगत रु २ सय ५० र सस्थागत मूल्य रु ५ सय राखिएको प्रकाशक नन स्टप मिडियाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...