News Portal

  • भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ८ बैशाख २०८१
    ५६५० पटक
    भक्तपुर, ८ बैशाख २०८१

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका लागि चैत १४ गते गरिएको विज्ञापनमा ३ दर्जन बढी आवेदन परेको हो ।

    अस्पतालकी कार्यकारी निर्देशक डा सुमित्रा गौतमले ३७ चिकित्सकले आवेदन दिएका पुष्टि गरेकी छन् । आइसीयु र एनआइसियुमा काम गरेको अनुभव र तालिम पनि योग्यतामा उल्लेख भएकाले फ्रेसरहरु भने आवेदन दिनबाट बन्चित बनेका छन् ।

    भक्तपुर अस्पतालमा चिकित्सकहरुको आकर्षण बढेको अस्पताल व्यवस्थापक प्रकृती आचार्यले बताएकी छन् । मेडिकल अधिकृतको लिखित परीक्षामा उतीर्णहरुलाई अन्तर्वाताबाट छनौट गर्ने तयारी गरिएको उनले जानकारी गराइन । यसका लागि छनौट तथा सिफारिस समिति बनाइएको बताइएको छ ।

    पछिल्लो समय प्राविधिक पदहरुमा पनि बेरोजगारी बढेकाले चिकित्सकहरु बेरोजगार बनेका छन् । गाउँ नजाने र शहर केन्द्रीत भै रहने प्रवित्तिका कारण पनि शहरका अस्पतालहरुमा चिकित्सकको आकर्षण बढेको मान्न सकिन्छ । भक्तपुर अस्पतालमा काम गर्न इच्छुक चिकित्सकको संख्याले सरकारी जागिर प्रति चिकित्सकहरु आकर्षित भएको विश्लेषण गर्न सकिने अस्पताल बिकास समितिका अध्यक्ष रमण कायस्थ बताउँछन् ।

    बागमती प्रदेश सरकार मातहतको भक्तपुर अस्पताल प्रदेश भरिकै उत्कृष्ट सेवा प्रदायक अस्पताल हो । यसमा काम गरेर अनुभव लिन पनि चिकित्सकहरु आकर्षित भएका हुन सक्ने अध्यक्ष कायस्थले अनुमान लगाएका छन् ।

    अस्पतालले चैत १४ गते सार्वजनिक सूचना मार्फत मेडिकल अधिकृत, फार्मेसी अधिकृत, लगायत विशेषज्ञ चिकित्सक र स्टाफ नर्स लगायतमा पदपूर्तीको बिज्ञापन गरेको थियो । सबैभन्दा बढी आवेदन भने स्टाफ नर्स पदको लागि परेको अधिकृत हरि ढकालले जानाएका छन् ।

    पदपूर्तीको पूर्वनिर्धारित परीक्षाको मिति भने सारिएको छ । बैशाख ६ र ७ गतेको लागि तय भएको परीक्षा विशेष कारणबस अर्को सूचना नआउन्जेल स्थगन गरिएको छनौट तथा सिफारिस समितिले जनाएको छ । श्रोतका अनुसार प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले परीक्षाकै समयमा अनिवार्य सहभागी हुने आदेश गर्दै गोष्ठी राखेपछि भक्तपुर अस्पतालको परीक्षा प्रभावित भएको हो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...