News Portal

  • आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ९ बैशाख २०८१
    ७३९ पटक
    भक्तपुर, ९ बैशाख २०८१

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र ट्राफिक प्रहरीले छुट्टा छुट्टै प्रदर्शनी गरेका हुन् ।

    सशस्त्र प्रहरी बलको नं. २२ गणले दुवाकोटस्थित आफ्नो मुख्यालयमा ‘मौसमी प्रकोप प्रतिकार्य अभ्यास-भाग २’ प्रदर्शन गरेको छ । जिल्लास्थित सुरक्षा निकाय र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरु समक्ष सशस्त्रले आफ्नो तयारी र वर्षाका कारण उत्पन्न हुनसक्ने सम्भावित प्रकोपमा उद्धारको कला कौसल प्रदर्शन गरेको हो ।

    त्यसका अलावा आगलागीका समयमा उद्धारको अभ्यास पनि प्रदर्शन गरिएका बताइएको छ । अभ्यासमा सशस्त्र प्रहरी बलसंगै, नेपाली सेना, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखा र आरएनए १६ को समेत सहभागिता रहेको थियो ।

    सो अवसरमा बागमती प्रदेशका सभासद सुरेश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, सशस्त्र प्रहरी बल ९ नं. पशुपतिनाथ बाहिनी मुख्यालय काठमाण्डौंका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक प्रकाश थापा, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति लगायतको आतिथ्यता रहेको नम्बर २२ गणका गणपतीले जानकारी गराए ।

    त्यसैगरी भक्तपुर नगरको दरवार क्षेत्रस्थित टौमढीमा विशेष कार्यक्रम आयोजना गरी ट्राफिक प्रहरीले आफ्नो विशेष अभियानको समापन गरेको छ । साताव्यापी ट्राफिक सचेतना विशेष अभियान -२०८१ को आइतवार भक्तपुरमा समापन गरिएको हो ।

    उक्त अवसरमा ट्राफिक प्रहरीले गीत र नृत्य मार्फत ट्राफिक प्रहरीले ट्राफिक नियम र सडक सुरक्षा बारे सचेतनामूलक प्रदर्शन गरेका थिए ।

    सो अवसरमा काठमाण्डौं उपत्यका ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक पोषराज पाखेरेल, ट्राफिक प्रहरी कायालय भक्तपुरका प्रमुख ट्राफिक प्रहरी निरिक्षक सन्तोष न्यौपाने लगायतले अभियानका क्रममा एक सातामा ट्राफिक प्रहरीले गरेका कामबारे बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...