News Portal

  • नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १३ बैशाख २०८१
    ५५२ पटक
    भक्तपुर, १३ बैशाख २०८१

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् । सूर्यविनायकका एक दर्जन संस्थागत विद्यालयका संचालकले सो विद्यालय तत्काल बन्द गर्न माग गरेका हुन् ।

    बिहीबार रफत सञ्चार क्लबमा आयोजित पत्रकार सम्मेलनमा सो माग गरिएको हो । नेपाल एरा ऐकेडेमी बिरुद्ध सूर्यविनायकका १३ वटा संस्थागत विद्यालय संचालक उभिएका छन् ।

    पत्रकार सम्मेलनमा रुबी भ्याली स्कूलका प्रिन्सिपल रत्न राईले  बिना दर्ताको नेपाल एरा ऐकेडेमी पटक पटक गरी ७ ठाउँमा स्थानान्तरण भइसकेको र हाल सूनपा–८ स्थित दार्जिलिङ हाइटमा गैर कानुनी रुपले संचालनमा आएको दावी गरे । स्थानीय तहले निर्दिष्ट गरेको कानुन र प्रचलित शिक्षा नियमावली बिरुद्ध रहेर एकतर्फी रूपमा विद्यार्थी भर्ना अभियान चलाउनु गैरकानुनी मात्र नभई त्यस विद्यालयले विद्यार्थीको भविष्यसमेत अन्योलमा परेकोप्रति उनले चिन्ता व्यक्त गरे । यसले संस्थागत विद्यालय प्रतिको विश्वासमा समेत क्षती पुग्ने उनको भनाइ छ ।

    एकातर्फ गैरकानुनी रूपमा विद्यालय सञ्चालन गर्ने अर्कोतर्फ  सञ्चालक भारतीय भएकाले नेपालको प्रचलित कानुनी मान्यतालाई धज्जी उडाएर जबर्जस्ती गर्न खोज्नु खेदजनक भएको उनको भनाइ छ ।

    नेपाल एरा एकेडेमीलाई पहिलेदेखि नै सूनपा–७ गुन्डुमा सञ्चालन भइरहेको भन्ने कृत्रिम मान्यता प्रदान गर्न केही मानिसले मुचुल्का खडा गर्ने प्रपञ्च गरिरहेको समेत उनले खुलासा गरेका छन् ।

    शिक्षाकर्मी देवानन्द त्वातीले कुनैपनि विद्यालय सञ्चालन गर्न कानुनअनुसार कि त गुथीमा जानुपर्ने वा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुनुपर्ने भएपनि नेपाल एरा ऐकेडेमीले कानुनबमोजिम उक्त दुबै प्रावधान पूरा नगरेकाले यस्तो संवेदनशील विषयमा सम्बन्धित निकायले तत्काल आवश्यक कारवाही गर्न जरुरी रहेको बताए ।

    नेपाल एरा ऐकेडेमीको विरोधमा उत्रिएका संस्थागत विद्यालयहरूमा रुबी भ्याली ऐकेडेमी, ज्योतिज्ञान ऐकेडेमी, प्रसादी पाठशाला, हिमशिखर इ, सेकेन्डरी, शरस पाठशाला, मदल्यान्ड इ. बो. स्कुल, ग्लोबल ऐकेडेमी, विमल मेमोरियल विद्यापीठ, स्टुडेन्ट ऐकेडेमी, ह्वाइट रोज स्कुल, सेन्ट जोन स्कुल र लिटिल ट्रेजर छन् । पत्रकार सम्मेलनमा उनीहरुका संचालक/प्रतिनिधि सहभागी रहेका थिए । उक्त अवसरमा एन प्याब्सनका भक्तपुर जिल्ला अध्यक्ष संजय खड्काको समेत उपस्थिति रहेको थियो ।

    अध्यक्ष खड्काले सो विषयमा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापालाई समेत अवगत गराइसकिएको जानकारी गराए । प्रमुख थापाले गैरकानुनी रुपले विद्यालय संचालन हुन नदिने आश्वासन दिएका उनको भनाइ छ ।

    संस्थागत विद्यालयका संचालकहरुले अस्वस्थ प्रतिष्पर्धा रोक्न र संस्थागत विद्यालयको गरिमा बढाउँन कानुनको पालनामा जोड दिएका छन् । उनीहरुले कुनै पनि विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्दा त्यसको कानुनी मान्यता र टिक्न सक्ने आधार हेर्न समेत अभिभावकहरुलाई आग्रह गरेका छन् । विद्यालयको बिगतको अवस्था र भविष्य विश्लेषण गर्न उनीहरुले आग्रह गरेका छन् । विद्यालय संचालकहरुले कुनै पनि विद्यालयले देखाउने प्रलोभनमा नपर्न र आफ्नो विवेक प्रयोग गरी राम्रो विद्यालय छनौट गर्न पनि सुझाव दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...