News Portal

  • बालमन्दिर जग्गा हिनामिनामा २० जनाविरुद्ध पक्राउ पुर्जी

    न्यूज कारखानाकाठमाडौं, २७ बैशाख २०८१
    २७० पटक
    काठमाडौं, २७ बैशाख २०८१

    बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विहिबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो ।

    आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै बिहीबार नेपाल बाल संगठनले सीआईबीमा जाहेरी दिएपछि आरोपितविरुद्ध ठगीको कसुरमा अनुसन्धान सुरु भएको छ ।

    २०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गा हिनामिना गरिएको देखिएको थियो ।

    पछिल्लो पटक २०७२ सालमा सव लिज सम्झौता गरी वैद्यले बृहस्पतिसँग पहिले भएको लिज अवधि १६ वर्ष बाँकी छँदै थप ४३ वर्ष (विसं २१३१ सम्म) का लागि बाल मन्दिरको जग्गा सुम्पिएको आरोप लागेको छ ।

    बृहस्पतिलाई जग्गा लिजमा दिएबापत संगठनले वार्षिक ९० लाख रुपैयाँ भाडा पाउने गरी सम्झौता भएको थियो । त्यसपछि बृहस्पतिले लिजमा जग्गा लिएपछि ५ रोपनीमा भारतीय बोर्डबाट सञ्चालित ‘राय स्कुल’ लाई सव लिज दिएर वार्षिक ६० लाख असुल्दै आएको छ ।

    वैद्य कांग्रेस नेता एवं सांसद प्रकाशमान सिंहकी दिदी पनि हुन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर नगरपालिकाको पूर्व वडाध्यक्ष एवं नेमकिपा नेता चवालको निधन

    भक्तपुर नगरपालिकाका पूर्व वडाध्यक्ष एवं नेपाल मजदुर किसान पार्टीका नेता कुमार चवालको निधन भएको छ...

    एसईईको लागि आवेदन फारम खुल्यो (हेर्नुस् सूचना)

    एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा कक्षा-१० का लागि आवेदन फारम खुलेको छ । एक महिना...

    रहेनन् पूर्व भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह

    भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार राती उनको...

    ह्वाइटफिल्ड उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न

    काठमाडौंको नयाँ बजारस्थित ह्वाइटफिल्ड स्कुलद्वारा पौष ५ देखि ११ गतेसम्म आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल...

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...