News Portal

  • बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ बैशाख २०८१
    ५४० पटक
     भक्तपुर, २८ बैशाख २०८१

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल बिज्ञापन संघ(आन)को अध्ययन भ्रमण गराएको छ ।

    बागीश्वरी कलेजले बिहीबार पत्रकारिता तथा आम संचार  अध्ययनरत  विद्यार्थीहरुलाई विज्ञापन उत्पादन, विज्ञापन निर्माण र यसको आचार संहिताका साथ पत्रकारिताका बारेमा थप स्पष्ट पार्न अध्ययन भ्रमण गराएको हो ।

    सो अवसरमा बि.ए. तेस्रो बर्षमा पत्रकारिता तथा आम संचार  अध्ययनरत  १५ जना र प्रथम बर्षमा अध्यनरत  ५ जना गरी जम्मा २० जना विद्यार्थी सहभागी भएका थिए ।

    पाठ्यक्रममा रहेको जनसम्पर्क तथा बिज्ञापन बिषय अनुसार बिद्यार्थीहरुलाई बिज्ञापनका कानूनी ज्ञान, नैतिकताको ज्ञान दिन भ्रमणमा लगिएको बागीश्वरी कलेजको  पत्रकारिता तथा आमसंचार शिक्षक पूर्ण भक्त दुवालले जानकारी दिए । उनले बिज्ञापन र यसको सेरोफेरोका  विषयमा अभिमुखिकरण गराउने उदेश्यले विद्यार्थीहरुलाई भ्रमणमा लगिएको बताए ।

    भ्रमणमा बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले बिज्ञापन बोर्डको बारेमा जानकारी गराएका थिए । उनले बिज्ञापन बोर्ड  राष्ट्र स्तरका र प्रेश काउन्सिलमा सूचीकृत  भएका संचार माध्यममा  सम्प्रेषण हुने बिज्ञापन लाई नियमन गर्ने निकाय रहेको जनाउँदै बिज्ञापन बोर्डको कार्यक्षेत्र, बिज्ञापन बोर्डको गठन र संरचना, बिज्ञापन बजारको  मुख्य समस्या र चुनौती,  नियमावली,विशेषता र  अधिकारका बारेमा विस्तृत जानकारी दिए ।

    भ्रमणकै सिलसिलामा विहीवार नै नेपाल बिज्ञापन संघ९ आन० का कार्यकारी निर्देशक अर्जुन भटराईले बिज्ञापन एजेन्सीहरुको हकहितका साथै विज्ञापन बजारलाई सशक्त बनाउनका लागि विज्ञापन संघ लागिपरेको  बताए । नेपालमा रहेका ६ सय ओटा भन्दा बढ़ी बिज्ञापन एजेन्सी संस्थाहरुको साझा संस्था भएको उल्लेख गर्दै आनमा १ सय भन्दा वढी सदस्य संस्था प्रत्यक्ष रुपमा जोडिएको उनले जनाएका छन् ।

    बिशुद्ध ब्यवसायीहरुको हक हित लागि लड़ने,  नयाँ बिज्ञापन उत्पादन गर्ने, बिज्ञापन ब्यवसायीहरुलाई अवार्ड दिने, सरकारले बनाएका बिज्ञापन सम्बन्धी नियमहरुसंग संमन्वय गर्ने कार्य गरिरहेको उनले बताए।

    नेपाल विज्ञापन संघमा संघका कार्यकारी सदस्य तथा मार्स एटभरटाइजिङ्गका मनिष अधिकारीले विज्ञापन उत्पादन, निर्माण र बजारीकरणका विषयमा प्रशिक्षण दिएका थिए ।
    विज्ञापनलाई आकर्षित पार्नका लागि र यसमा आवश्यक पर्ने विषयवस्तुका बारेमा उनले स्पष्ट पारेका थिए ।

    भक्तपुर नगरपालिका वडा (९,तुमचो, कमलबिनायक स्थित बागीश्वरी कलेजको यो अध्ययन भ्रमण भने पहिलो पटक होइन। बागीश्वरी कलेजले यसरी नै बर्षेनी पाठ्यक्रम अनुसार बिए लगायत  अन्य  बिभिन्न तह र बिषयका विद्यार्थीहरुलाई पाठ्यक्रम अनुसार बिभिन्न स्थान हरुमा भ्रमण गराउदै आएको विद्यार्थीहरु बताउछन् । यस अघि पनि कलेजले बि ए पहिलो बर्ष, दोश्रो बर्ष र चौथो बर्षका  बिद्यार्थीहरुलाई प्रेस काउन्सल र राजधानी दैनिकमा भ्रमण लगेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...