सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १ फत्तेपुर शाखाका सुरक्षागार्डको हत्या भएको हो।
ड्रयुटीमा रहेका सुरक्षा गार्ड ५५ वर्षीय परशुराम फुँयाल बिहीबार बिहान बैंकमै मृत अवस्थामा फेला परेका प्रहरीले पुष्टि गरेको छ । बिहान करिब सवा ६ बजेतिर फुँयालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुण्डिराज न्यौपानेले पुष्टि गरेका हुन् ।
”उनी राति ड्युटीका लागि कार्यालयमा बसेका थिए। बिहान हत्या भएको भन्ने खबर प्राप्त भयो ।” कसले हत्या गरेको भन्ने खुलेको छैन। उनले भने । बैंक लुट्ने प्रयासले हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ ।
प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको बताइएको छ।