News Portal

  • पत्रकार तमखुलाई पितृशोक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ बैशाख २०८१
    ५७७ पटक
     भक्तपुर, २९ बैशाख २०८१

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक परेको ७ महिनामै उनलाई अर्को बज्रपात परेको हो ।

    उनका पिता रामप्रसाद तमखुको गएराति निधन भएको थियो । ८० वर्षीय रामप्रसादको उपचारको क्रममा शुक्रबार राति शहिद गंगालाल ह्रदय रोग निवारण केन्द्रमा निधन भएको पारिवारिक श्रोतले जनाएको हो ।

    शनिबार बिहान उनको पार्थिव शरीरलाई चुपींघाट पुर्याइ अन्त्येष्टि समेत सम्पन्न गरिएको पारिवारिक श्रोतले जानकारी गराएको छ । रामप्रसाद उच्च रक्तचाप, मधुमेह र मुटुसम्बन्धी रोगले ग्रसित थिए ।

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले एक शोक बक्तब्य जारी गर्दै कार्यसमिति सदस्य रामगोपाल तमखुको पिताको निधनप्रति गहिरो दु:ख ब्यक्त गरेको छ । शाखाले पत्रकार तमखुका पिता प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै तमखु लगायत शोक सन्तप्त परिवारजनमा समवेदना ब्यक्त गरेको अध्यक्ष जगत कृष्ण प्रजापतिले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...