News Portal

  • अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

     भक्तपुर, ३१ बैशाख २०८१
    ८६० पटक
     भक्तपुर, ३१ बैशाख २०८१

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर नगरपालिका-८ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने २४ वर्षीय अनिल ढुंगाना रहेका छन्।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ढुंगानालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार ढुंगानाले विश्वमा सञ्चालन हुने विभिन्न खेलहरूमा मानिसहरूलाई अनलाइनमार्फत जुवा खेलाउँथे।

    उनले वान एक्स बेट, जुवा३६५ र क्रिप्टोमार्फत सट्टेबाजी लगाएर रकम संकलन गर्ने गर्ने।

    ढुंगानाले हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार गरेको देखिएको रेग्मीले बताए।

    ढुंगानाको ११ वटा कनेक्ट आइपिएस अकाउन्ट, १५ वटा इसेवा वालेट अकाउन्ट, ५६ वटा बैंक खाता फेला परेका छन्।

    उनले ११ वटा कनेक्ट आइपिएसमा ५५ वटा बैंक खाता लिंक गरी ४८ करोड ८० लाख रुपैयाँ कारोबार गरेको भेटिएको छ।

    यस्तै, १५ वटा वालेटहरूमा ५ करोड बराबरको कारोबार गरेको भेटिएको छ।

    यस्तै, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार गरेको खुलेको रेग्मीले बताए।

    ढुंगानाले बाइनान्समार्फत दुई वटा खाता प्रयोग गरी २४३ प्रकारका क्रिप्टो करेन्सीमा एक अर्ब ३४ करोड ५२ लाख ९१ हजार २०० रुपैयाँ बराबरको कारोबार गरेको पाइएको रेग्मीले बताए।

    ढुंगानाले मोबाइलमा वान एक्स बेट, बाइनान्स, रेड्डी, मोब क्यास, टिम क्यास, एस्ट्रोपेजस्ता बेटिङ एप्लिकेसन चलाएको भेटिएको प्रहरीको दावी छ ।

    उनले सामाजिक सञ्जालमा जुवा ३६५ नामको पेज खोलेको भेटिएको छ। प्रहरीका अनुसार त्यसको उनी आफैं सञ्चालक भएको खुलेको छ।

    उनको साथबाट एप्पलको म्याकबुक प्रो, राउटर, भारतीय आधार कार्ड, प्यान कार्ड, दिल्ली मेट्रो कार्ड, सिमकार्ड, एटिएमलगायत बरामद भएको बताइएको छ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...