News Portal

  • भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ४ जेठ २०८१
    ६६५ पटक
    krishna paudel CDOभक्तपुर, ४ जेठ २०८१

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव) मा सिफारिस हुन सफल भएका छन् । लोकसेवा आयोगको खुला प्रतिस्पर्धामा सबै चरण पार गर्दै उनी प्रशासन सेवातर्फ सहसचिवमा सिफारिस हुन सफल भएका हुन् ।

    लोकसेवाको उच्च पद मानिने सहसचिवका प्रतियोगीलाई पछि पार्दै उनले लिखित परीक्षा उतीर्ण गरेका थिए । गत पुसमा संचालित लिखित परीक्षाको परीक्षाफल बैशाख १३ गते आएको थियो । सहसचिवका लागि २ जना आवश्यक रहेकामा लोकसेवाले ४ जनाको नाम प्रकाशन गरेको थियो ।

    लिखितको नतिजापछि दोश्रो चरणमा बैशाख ३० गते मामिला प्रस्तुतीकरण र जेठ १ मा अन्तर्वाता लिंदा तीनै चरणको प्राप्ताङ्कका आधारमा लोकसेवाले आज शुक्रवार अन्तिम नतिजा प्रकाशन गरेको हो ।

    लोकसेवाले पहिलो नम्बरमा भने चन्द्रागिरी काठमाडौंकी कृष्णाकुमारी श्रेष्ठलाई सिफारिस गरेको छ ।

    कृष्ण पौडेल यस अघि उपसचिवमा समेत खुला प्रतियोगिताबाटै प्रवेश गरेका थिए । ३० वर्षमै उपसचिव बन्न सफल पौडेललाई ३२ वर्षको उमेरमा गृह मन्त्रालयले रसुवा जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको थियो । सिडिओको जिम्मेवारी पाउने उनी सम्भवत: उमेरले सबैभन्दा कान्छो हुन् । रसुवामा सफल सिडिओ पौडेलले रसुवा पछि ओखलढुंगा, तेह्रथुम लगायत जिल्लामा समेत सफलतापूर्वक सो जिम्मेवारी पूरा गरेका छन् ।

    अधिकृतमा पनि उनी खुला प्रतिस्पर्धाबाट उतीर्ण भएका थिए । उनी शिक्षा सेवामार्फत निजामती सेवामा प्रवेश गरेका हुन् । अहिले ३८ वर्षको युवा उमेरमै उनले खुला प्रतिस्पर्धामा सहसचिव उतीर्ण गरी आफ्नो क्षमता प्रदर्शन गरेका छन् । उनले सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन् । कर्मचारीतन्त्रप्रति समाज सकारात्मक बन्न नसकिरहेको अवस्थामा पौडेल जस्ता युवा पिढीबाट केहि सकारात्मक सम्भावना र सुधारको अपेक्षा गर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...