News Portal

  • पुँजीवादीहरु आफ्नो स्वार्थ सिद्ध गर्न प्रेस स्वतन्त्रताको कुरा गर्छन् : बिसंखे

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ जेठ २०८१
    ९०१ पटक
     भक्तपुर, ९ जेठ २०८१

    नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य अन्जना बिसंखेले प्रेस स्वतन्त्रता पुँजीवादीहरुको कब्जामा परेको बताएकी छन् । प्रेस स्वतन्त्रताको नाममा पुँजीवादीहरुले आफ्नो स्वार्थ सिद्ध गर्नेगरेका उनले बताएकी हुन् ।

    कान्तिपुर मिडिया ग्रुपका मालिक कैलास सिरोहिया पक्राउ परेको घटनालाई प्रेस स्वतन्त्रतासंग जोड्नु जायज नभएको भन्दै उनले नागरिकताबारेको अनुसन्धान प्रभावित गर्न सिरोहियाले प्रेस स्वतन्त्रताको दुहाई दिइरहेका दावी गरिन् । उनले पुँजीवादीहरुको यस्ता हर्कत भण्डाफोर गर्नुपर्ने आवश्यकता समेत औल्याएकी छन् ।

    बुधबार प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको बिस्तारित बैठकलाई राजधानीमा सम्बोधन गर्दै नेतृ बिसंखेले पुँजीवादीहरुले लेखक र पत्रकारलाई खरिद गरेर मिडियामार्फत आफ्नो मक्सद पूरा गर्ने प्रस्ट पारिन् । तर, यस मक्सदमा  प्रेस सेन्टरका पत्रकार बिक्रि नहुने पनि उनले बिश्वास ब्यक्त गरिन् ।

    सो अवसरमा नेतृ बिसंखेले प्रेस सेन्टरमा सदस्य बन्न माओवादी नै हुनुपर्छ भन्ने नभएको भन्दै गैरमाओवादी भएपनि विचार मिल्नेहरुलाई गोलबन्द गरी बाह्य मोर्चालाई बलियो बनाउन दिशानिर्देश गरेकी थिइन् ।

    बैठकमा प्रेस  सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा जुगलले नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टरले सबै संगठनलाई मिलाएर सामुहिक एकताको संदेश दिन खोजिरहेको जानकारी गराए ।

    प्रदेश अध्यक्ष नवराज दाहालको अध्यक्षतामा सम्पन्न बैठकमा प्रेस सेन्टर नेपालका उपाध्यक्ष एवं प्रदेश इन्चार्ज निर्मल ज्ञवाली, महिला उपाध्यक्ष गंगा बराल, महासचिव संतोष पौडेल, नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी लगायतको आतिथ्यता रहेको प्रदेशकी महासचिव रोजिना थापाले जानकारी गराएकी छन् । बैठकले उपत्यकाका ३ वटै जिल्लामा महासंघको निर्वाचन केन्द्रीत निर्वाचन परिचालन समिति बनाएको उनले बताइन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...