News Portal

  • सिरोहियाको पक्षमा बोलेर आलोचित बनेका महले मागे माफी

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १४ जेठ २०८१
    ४२२ पटक
    भक्तपुर, १४ जेठ २०८१

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियाको पक्षमा बोलेपछि आलोचित बन्न पुगेका कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले माफी मागेका छन् । सोमबार भिडिओ संदेश जारी गर्दै मह जोडीले माफी मागेका हुन् ।

    उनीहरुले अपर्झट प्रतिक्रिया दिँदा आफूहरुबाट गल्ती भएको भन्दै आफ्नै मान्छे सम्झेर फाफी दिन भिडियो संदेशमा भनेका छन् । अदालतमा विचाराधीन मुदामा नबोलेको भए हुने रहेछ भन्दै उनीहरुले आत्मालोचना गरेका छन् ।

    केही दिन अघि कान्तिपुर टिभीका पत्रकारसंग कुरा गर्दै उनीहरुले सिरोहियाको पक्राउ प्रेस स्वतन्त्रताका बिरुद्ध भएको प्रतिक्रिया दिएका थिए । गृह मन्त्री र सरकारको बिरोध गर्दै मह जोडीले सिरोहियाको बचाउ गरेका थिए र उनी अदालतबाट निर्दोष ठहरिने बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...