News Portal

  • बजेटको बक्तब्यमै भक्तपुरको शान, पुनको बजेटले बढायो ढकालको सम्मान

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १५ जेठ २०८१
    ९६७ पटक
    भक्तपुर, १५ जेठ २०८१

    सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बक्तब्यमा भक्तपुर जिल्लाका केही आयोजनालाई प्राथमिकता प्रदान गरिएको छ । अर्थ मन्त्री वर्षमान पुनले मङ्गलबार संसदमा भक्तपुरलाई पनि प्राथमिकता दिइएको बजेट प्रस्तुत गरेका हुन् ।

    ”भक्तपुरको महादेव खोलामा जलाशययुक्त खानेपानी आयोजनाको निर्माण कार्य अगाडि बढाइनेछ।” मन्त्री पुनले बजेट बक्तब्यमा बताए ।

    बजेट बक्तब्यमा पहिलो पटक भक्तपुरको चाँगुनारायण क्षेत्रको नाम आएको प्रति अर्थ मन्त्री पुन निकट मानिने सो क्षेत्रका स्थानीय नेता समेत रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य डीपी ढकालले सन्तोष व्यक्त गरेका छन् । बजेट बक्तब्यमै उल्लेख भएकाले भक्तपुरमा खानेपानीको श्रोतको रुपमा रहेको चाँगुनारायण मुहान पोखरी महादेव खोलामा ड्याम निर्माण गरी खानेपानी वितरणको योजना अनुरुप आयोजना अघि बढ्ने उनले बिश्वास व्यक्त गरे ।

    जलासयको डिपिआर निर्माणमा साढे २ अर्ब र वितरणका लागि समेत गरी कूल ४ अर्वको बजेट  लाग्ने अर्थ मन्त्री पुनको अघिल्लो कार्यकालमा उनको प्रमुख स्वकीय सचिव समेत रहेका नेता ढकालले  बताए । त्यतिमात्र होइन नयाँ  शहर बिकासका लागि पनि भक्तपुर र चाँगुनारायणको नाम बजेट बक्तब्यमै समावेश भएको छ ।

    ”उपत्यकाको गोदावरी, तारके श्वर, ललितपुर्, नागार्जुन, चाँगुनारायण, भक्तपुर लगायतका नगरपालिकामा जग्गा विकास गरिनेछ ।” बजेट बक्तब्यमा भनिएको छ । आवास तथा शहर बिकासमा यो योजना कोशेढुंगा सावित हुने  बिश्वास गरिएको छ ।

    शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको क्षमता वृद्धि र बिस्तार गरिने पनि बजेट बक्तब्यमा  उल्लेख गरिएको छ । यसले मानव अंग प्रत्यारोपण केन्द्रलाई चाँगुनारायण-३ झौखेलमा प्राप्त जग्गामा स्थानान्तरण र स्तर वृद्धिको बाटो खुलेको छ । भक्तपुर क्यान्सर अस्पतालको स्तर वृद्धिका लागि पनि बजेट छुट्याइएको मन्त्री पुनले बजेट बक्तब्य मार्फत संसदमा सार्वजनिक गरेका छन् ।

    त्यसैगरी भक्तपुरको मध्यपुर थिमिलाई ऐतिहासिक नेवा: बस्तीको रुपमा संरक्षण गरिने पनि अर्थ मन्त्री वर्षमान पुनले बजेट बक्तब्यमा उल्लेख गरेका छन् । यसले यो क्षेत्रको मौलिकताको रक्षा र पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान हुने अर्थ राजनीतिका ज्ञाता समेत रहेका बौद्धिक नेता डिपी ढकालले बताएका छन् ।

    अर्थमन्त्री बर्षमान पुन अनन्त निकट नेताको रुपमा  चिनिएका र उनको अघिल्लो कार्यकालमा प्रमुख स्वकीय सचिव रही अर्थ मन्त्रालय बुझेका अर्थ राजनीतिका ज्ञाता एवं बौद्धिक नेता डिपी ढकालका कारण भक्तपुरमा गेम चेन्जर आयोजना शुरु हुने देखिएको भन्दै सामाजिक संजालमा उनलाई सामान्य मानिस देखि सांसद समेतले बधाई दिएका देखिन्छन । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य समेत रहेका नेता ढकाल बागमती प्रदेश सरकारका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत हुन् ।

    अर्थ राजनीति बारे बिभिन्न पुस्तकका लेखक समेत रहेका ढकाल भक्तपुरको  बिकासमा भिजन संगै राजनीतिमा पहुँच पनि राख्ने नेता भएका भन्दै सामाजिक संजालमा उनको प्रशंसा भैरहेको देखिन्छ ।

    आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार संसदमा प्रस्तुत गरेका हुन् । सो बजेटको बक्तब्यमै भक्तपुरको नाम नै तोकेर ४ ठुला आयोजना समेटिएका छन् । बजेटको बक्तब्यमै भक्तपुरका लागि यति धेरै योजना तथा कार्यक्रम समेटिएको सम्भवत: यो नै पहिलोपटक हो ।

     

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...