News Portal

  • बढुवा र सेवानिवृत्त कर्मचारीलाई राष्ट्रिय कर्मचारी संगठनको बधाई र बिदाइ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ जेठ २०८१
    २७१ पटक
     भक्तपुर, १९ जेठ २०८१

    भक्तपुर । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन(निजामती)शिक्षा विभागीय समितिले कर्मचारीहरुको बधाई, बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । शनिवार शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीमा विशेष कार्यक्रम गर्दै संगठनले सेवानिवृत्त कर्मचारीको बिदाइ तथा सहसचिव र उपसचिवमा बढुवा भएका कर्मचारीलाई बधाई तथा शुकामना कार्यक्रम सम्पन्न गरेको हो ।

    कार्यक्रममा शिक्षा सेवा हुँदै सहसचिवमा नाम निकाल्न सफल दिपेन्द्र सुवेदी, कृष्ण पौडेल र महेन्द्र पराजुली तथा शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएका तारा पाण्डे, युवराज अधिकारीलगायतलाई बधाई तथा शुभकामना दिइएको थियो । यसैगरी उमेर हदका कारण सेवानिवृत्त डा. कुलप्रसाद खनाल, डम्बर आङदाम्बेलगायतलाई बिदाई गरिएको थियो ।

    बढुवा एवं सेवानिवृत्त कर्मचारीहरुलाई प्रमुख अतिथि एवं प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ल, अतिथिहरु नेपाल राष्ट्रिय कर्मचारी संगठन(निजामती)का अध्यक्ष अम्बदत्त भट्ट, शिक्षा मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल, शैक्षिक गुणस्तर परिक्षण केन्द्रका महानिर्देशक चन्द्रकान्त भुसाल, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दिपक शर्मा लगायतले खादा र मायाको चिनोसहित बिदाइ एवम् बधाई ज्ञापन गरेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि एवम् प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले सेवानिवृत्त कर्मचारीहरुलाई निवृत्त जीवन उर्जाशील बनाउन शुभकामना दिँदै बढुवा भएका कर्मचारीहरुलार्ई जनसेवालाई अझै प्रभावकारी बनाउन आग्रह गरे । सरकार निजामती कर्मचारीका समस्या समाधानप्रति प्रतिबद्ध रहेको उनको भनाइ थियो । आउन लागेको संघीय निजमती कर्मचारी विधेयकलाई कर्मचारीमैत्री बनाउन समूहगत लबिङ आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा अतिथि एवम् राष्ट्रिय कर्मचारी संगठन(निजामती)का अध्यक्ष अम्बदत्त भट्टले संघीय निजामती कर्मचारी ऐनका मस्यौदा सच्याउन पहल भइरहेको जानकारी दिए ।

    शिक्षा मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले बढुवा भएका कर्मचारीलाई बधाई दिँदै इमान्दार र कर्तव्यनिष्ठ भएर काम गर्न आग्रह गरे । संघीय निजामती कर्मचारी ऐनको मस्यौदा सच्याउन सामुहिक पहलकदमी आवश्यक रहेकोमा उनको जोड थियो ।

    शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दिपक शर्माले सेवानिवृत्त कर्मचारीहरुलाई रिटायर्ड भएपनि टायर्ड नभई क्रियाशीलतालाई कायम राखिराख्न शुभकामना दिए । बढुवा भएका कर्मचारीलाई कर्तव्यनिष्ठ, इमान्दार र सिर्जनशील बन्न भन्दै तटस्थता कायम राखिराख्न आग्रह गरे ।

    सहसचिवमा बढुवा भएका शिक्षा विकास निर्देशनालय बागमती प्रदेशका महानिर्देशक दिपेन्द्र सुवेदीले संघीय निजामति ऐनको मस्यौदाले १० वर्षसम्म प्रदेश र स्थानीय तहका कर्मचारी बढुवा नहुने व्यवस्था गरेकाले त्यो सच्याउनुपर्नेमा जोड दिए ।

    त्यसैगरी सहसचिव कृष्ण पौडेलले आफूले शिक्षा सेवाका प्रारम्भिक दिन भुल्न नसक्ने भन्दै जहाँ रहेपनि शिक्षा बिकासलाई पहिलो प्राथमिकता दिने प्रतिवद्धता प्रकट गरे । सो अवसरमा अर्का सहसचिव महेन्द्र पराजुलीले स्थानीय तहमा समायोजन भएका शिक्षाका कर्मचारीको मर्म बुझ्नुपर्ने आवश्यकता औल्याए । बधाई र बिदाइका लागि उनीहरुले संगठनप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

    नेपाल राष्ट्रिय कर्मचारी संगठन(शिक्षा)का अध्यक्ष गोपाल नारायण श्रेष्ठले सेवानिवृत्त कर्मचारीलाई बिदाइ तथा बढुवा भएकाहरुलाई बधाई दिँदै संगठन सदैव कर्मचारीको हकहित र अधिकारको पक्षमा लडिरहने प्रतिबद्धता व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...