News Portal

  • भक्तपुरमा घरको झ्यालबाट खसेका बालकको गयो ज्यान

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २१ जेठ २०८१
    १६४१ पटक
    भक्तपुर, २१ जेठ २०८१

    भक्तपुरको भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकमा घरको झ्यालबाट खसेर एक बालकको ज्यान गएको छ । करिब १ वर्ष ५ महिने बालकको झ्यालबाट खसेर ज्यान गएको हो ।

    रामेछापको रामेछाप नगरपालिका वडा नं. ३ घर भई कमलविनायकमा डेरा गरी बस्ने सरु खड्काको छोरा सम्राट खड्का झ्याल नजिकैको खाटमा खेल्ने क्रममा झ्यालबाट भूँइमा खस्दा ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी रहेका डिएसपी राजन कार्कीले जानकारी दिए । सोमबार बिहान करिब ११ बजे लडी गम्भिर घाईते भएका बालकलाई तत्कालै उपचारको लागि मध्यपुर अस्पताल लगिएको थियो । उपचारकै क्रममा दिउँसो १ बजेको समयमा बालकको ज्यान गएको सम्बन्धित चिकित्सकले घोषणा गरेका थिए ।

    घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    ईप्सन भक्तपुरको हिज्जे प्रतियोगितामा यूनिटी स्कूल प्रथम

    ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कूलको आयोजनामा सम्पन्न अङ्ग्रेजी हिज्जे प्रतियोगितामा यूनिटी स्कूल प्रथम,...

    रगतको सही प्रयोगले अभाव केही हदसम्म कम गराउन सकिन्छ

    रगत अभावको बारेमा हामीले बेलाबेलामा विभिन्न सञ्चार माध्याममा पढ्ने रसुन्नेगरेका छौँ।नेपालमा दैनिक हजारौँ व्यक्तिले रक्तदान...

    आलोचना होइन, प्रशंसा गर्नुस् : अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई आलोचनामा रमाउनुको सट्टा...

    महिलाहरु रक्तदानमा पछि, जीवनदानको रुपमा रहेको रक्तदानप्रति प्रेरित गर्नुपर्नेमा जोड

    रक्तदानलाई ‘जीवन दान’ को रुपमा श्रद्धाले ग्रहण गरिने भएपनि यसप्रति महिला वर्गलाई आकर्षित गर्न नसकिएको...

    भक्तपुरका ४ पत्रकारलाई पत्रकार महासंघको पुरस्कार र सम्मान

    sanjeep ghimire shubhachintak fnj

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले जिल्लाका ४ पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाले आफ्नो...