News Portal

  • ४ चिनियाँ नागरिक भक्तपुरमा पक्राउ

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २४ जेठ २०८१
    ५८३ पटक
    भक्तपुर, २४ जेठ २०८१

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुर स्थित अरनिको हाइवे बाट ४ चिनियाँ नागरिक पक्राउ परेका छन् । श्रोत नखुलेको नेपाली रुपैयाँ सहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    बुधवार मध्यान्ह साढे १२ बजे महेश्वरी पेट्रोल पम्प नजिकै बा.२ ज.५१६ नं.को ट्याक्सी रोकी चेकजाँच गर्ने क्रममा ४ जना चिनियाँ नागरिकहरुबाट स्रोत नखुलेको ६९ लाख ५ हजार रुपैयाँ फेला पारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन केसीले जानकारी दिएका हुन् । जगाती तर्फ आउदै गरेको सो ट्याक्सीलाई विशेष निगरानी गरी जाँच गर्दा श्रोत नखुलेको रकम देखिएपछि ट्याक्सीमा सवार ४ चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको छ ।

    भक्तपुर प्रहरी परिसरले जनाए अनुसार पक्राउ पर्नेमा चीन घर भई हाल काठमाडौंमा बस्ने र्ष ३२ को Zhang Yuan , वर्ष ५० को णिङ्गXइअलिन, वर्ष २४ को Quo Haoran र वर्ष ३६ को Dena laiyu रहेका छन् । उनीहरुलाई आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाउने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...