News Portal

  • भक्तपुरका ४ पत्रकारलाई पत्रकार महासंघको पुरस्कार र सम्मान

    बाबुराम दाहालभक्तपुर, २६ जेठ २०८१
    ६६३ पटक
    sanjeep ghimire shubhachintak fnjभक्तपुर, २६ जेठ २०८१

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले जिल्लाका ४ पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाले आफ्नो नवौं अधिवेशन तथा साधारण सभाको अवसरमा शनिवार उनीहरुलाई पुरस्कृत गरेको हो ।

    पुरस्कृत हुनेहरुमा वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतसहित पूर्णभक्त दुवाल, कृष्णप्रसाद नेपाल र चन्द्रकला क्षेत्री भगवती रहेका छन् । प्रेम काउन्सिल नेपालको पूर्व अध्यक्ष समेत रहेका बस्नेतलाई शाखाले बरिष्ठ पत्रकार सम्मान प्रदान गरेको छ । सो पुरस्कार शाखाको सबैभन्दा पुरानो पुरस्कार भएको सचिव संजीप घिमिरे शुभचिन्तकले बताएका छन् । पुरस्कारको राशी ५ हजार रुपैया रहेको छ । बरिष्ठ पत्रकार भैरव रिसाल र प्रवीण जोशीलाई शाखाले यस अघि सो सम्मान प्रदान गरेको थियो ।

    त्यस्तै, राजधानी दैनिकका आर्थिक ब्युरो प्रमुख पत्रकार तथा पत्रकारिताका अध्यापक पूर्णभक्त दुवाललाई स्व. भगवान, राजकुमार महर्जन स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । १५ हजार रुपैयाँसहितको सो पुरस्कार अघिल्लो वर्ष भरतबन्धु थापाले प्राप्त गरेका थिए ।

    शाखाले ५–५ हजार नगदसहित राष्ट्रिय समाचार समितिकी फोटो पत्रकार चन्द्रकला क्षेत्री भगवतीलाई क्रियाशील महिला पत्रकारिता पुरस्कार र शिखर एफएमका स्टेसन मेनेजर कृष्ण प्रसाद नेपाललाई स्व. मैयाँदेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । अघिल्लो वर्ष क्रियाशील महिला पत्रकारिता पुरस्कार बाट गोराखापत्रकी कविता थापा र स्व. मैयाँदेवी शिल्पकार स्मृति पुरस्कारबाट भने भादगाउँ टेलिभिजनकी पत्रकार नविना खबुर्जा पुरस्कृत भएकी थिइन् ।

    कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य दुर्लभ थापा रहेका थिए भने बागमती प्रदेश सभाका सदस्य देवेन्द्र श्रेष्ठ, मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं राससका अध्यक्ष धर्मेन्द्र झा लगायतको विशेष आतिथ्यता रहेको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...