News Portal

  • आलोचना होइन, प्रशंसा गर्नुस् : अध्यक्ष ओली

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ३१ जेठ २०८१
    ४४१ पटक
    भक्तपुर, ३१ जेठ २०८१

    पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई आलोचनामा रमाउनुको सट्टा प्रशंसाको संस्कार बसाल्न निर्देशन दिएका छन् । एक अर्काको कुरा काट्ने र नराम्रो मात्र देख्ने बानी बदल्नुपर्ने र राम्रो पक्षको खोजीगरी प्रशंसा गर्नुपर्ने उनको सुझाव छ ।

    बिहीवार नवनिर्वाचित भक्तपुर जिल्ला कमिटीको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ”आलोचना होइन, प्रशंसा गर्नुस् ।” प्रशंसाले नेताकार्यकर्तालाई प्रशन्न, जिम्मेवार र जवाफदेयी बनाउने जिकिर गर्दै प्रशंसाले सम्बन्धलाई समेत सुमधुर बनाउने उनले बताए ।

    निर्वाचनको जीतहारको विषयमा नअल्झिन निर्देशन दिंदै उनले एकजुट भएर संगठन निर्माण गर्न र जनमुखी भएर आगामी निर्वाचनको तयारी गर्नपर्नेमा जोड दिएका छन् । एमाले राष्ट्रबादी शक्ति भएको भन्दै अध्यक्ष ओलीले एमालेको बहुमतमा बन्ने सरकारले मात्र राष्ट्रको हित गर्ने तथा सुखी नेपाली र सम्बृद्ध नेपालको परिकल्पना पूरा हुने बताए।

    पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले एमालेको नीति तथा सिद्धान्तसंग हार खाएर विपक्षीहरुले स्याल हुइयाँ मच्चाइरहेको आरोप लगाए । गिरीबन्धु टिस्टेट यसैको कडी भएको उनको भनाइ छ । एमाले सरकारले गरेका काम देखि नसक्ने काँग्रेसले काममा प्रतिष्पर्धा गर्न नसकेपछि गिरीबन्धु टिस्टेटको स्याल हुइयाँ मच्चाएको उनको जिकिर छ । ५१ बिगाह र १९ विगाहा विक्री गरेर बेचेर खाएको कांग्रेसले आफूमाथि स्याल हुइयाँ मच्चाएको उनले बताएका छन् ।

    आफ्नो पार्टीले भूकम्पका बेला ३० हजार स्वयंसेवक एक महिनासम्म परिचालन गरी हजारौं अस्थायी टहरा बनाइदिएको स्मरण गर्दै उनले एमाले काम गर्ने पार्टी भएको बताए । सरकारमा रहेर पनि आफूले सुरुङ्ग मार्ग, सुनकोशी मरीण डाइभर्सन लगायतको दीर्घकालीन काम गरेको उनले दावी गरे ।”एमालेले रेलको कुरा गर्दा कागजको रेल बनाएर गिज्याउने काँग्रेस जनकपुर पुगेपछि कसैले देख्ला भनेर लुकेर रेल चढ्छ ।” उनले व्यंग्य गरे ।
    सो अवसरमा अध्यक्ष ओलीले गठबन्धनको बैशाखी नटेकी चुनाव लड्न र जित्नका तयार रहन दिशानिर्देश गरे । ”अरुको बैशाखी टेकेर होइन, एक्लै चुनाव लड्न र जित्न तयार रहनुस ।” उनले भने । सम्बोधनका क्रममा अध्यक्ष ओली चिप्लिए र नेकपाले मात्र देशको भलो गर्नसक्ने बताए । कतिपय सहभागीले अध्यक्ष ओलीले नेकपा भुल्न नसकेको लख काटे भने कतिपयले पुन: नेकपा निर्माणको सम्भावनाबारे सोच्न भ्याए ।तर, अध्यक्ष ओलीले नेकपा भनेकै नेकपा (एमाले) भएको भन्दै आफ्नो भनाइ सच्याएका थिए ।

    नवनिर्वाचित भक्तपुर जिल्ला कमिटीको शपथ ग्रहण समारोहमा अध्यक्ष ओलीलाई साक्षी राखेर प्रदेश अध्यक्ष आनन्द पोखरेलले नवनिर्वाचित अध्यक्ष बचन देउजालाई सपथ ग्रहण गराएका थिए भने जिल्ला अध्यक्ष देउजाले अरु पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराए । सो अवसरमा भक्तपुर जिल्ला कमिटीका नवनिर्वाचित अध्यक्ष वचन देउजाले आफूले सबैलाई समेटेर पार्टीलाई एकताबद्ध गरी अघि बढ्ने प्रतिवद्धता प्रकट गरेका थिए ।

    कार्यक्रममा एमालेका केन्द्रीय नेताहरु कैलाश ढुंगेल, महेश बस्नेत, निर्मल भट्टराई लगायतको पनि उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...