News Portal

  • बागमती प्रदेशको बजेट बक्तब्यमा पनि भक्तपुरको उल्लेखनीय उपस्थिति

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १ ासार २०८१
    ९१७ पटक
    भक्तपुर, १ ासार २०८१

    बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षको लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट शनिवार सार्वजनिक गरेका हुन् ।

    बजेटको पुजिगत तर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार, चालू तर्फ २६ अर्ब १० करोड १९ लाख ८२ हजार र बित्तीय तर्फ : १ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

    संघीय सरकारको बजेटमा ससक्त उपस्थिति देखाएको भक्तपुरको बागमती प्रदेशको बजेट बक्तब्यमा पनि उल्लेखनीय उपस्थिति रहेको देखिन्छ । प्रदेश सरकारका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं भक्तपुरका बौद्धिक नेता डिपी ढकालले प्रदेश सरकारको बजेटले भक्तपुरलाई पर्याप्त स्थान दिएको दावी गरेका छन् । अर्थ राजनीतिका विज्ञ समेत मानिने नेता ढकालले एउटै बजेटमा भक्तपुरका सबै अपेक्षा पूरा हुन नसक्ने भन्दै बजेटको सीमा हेर्दा भक्तपुरको स्थान सन्तोषजनक मान्नुपर्ने जिकिर गरेका छन् ।

    बजेट वक्तब्यमै उपत्यकाको सम्पदा जोडेर सम्पदा परिपथ बनाइने कुरा उल्लेख हुनु र त्यसमा भक्तपुर, मध्यपुर थिमी र चाँगुनारायण सम्पदा क्षेत्र समेटिनुले सम्पदा र पर्यटनको क्षेत्रमा राम्रो प्रगती हुने अपेक्षा गरिएको छ ।

    त्यसैगरी पशुपतिनाथ, सन्तानेश्वर, भक्तपुरको दतात्रय सूर्यविनायकको डोलेश्वर र चाँगुनारायणको नगरकोटस्थित महादेव पोखरी जोडेर शिव सर्किट निर्माण गर्ने घोषणा गरिएकोले यस क्षेत्रको बिकास र धार्मिक पर्यटनमा समेत टेवा पुग्ने बताइएको छ ।

    बजेट बक्तव्यमा नगरकोटलाई खुल्ला चलचित्र छायांकन स्थलको रुपमा बिकाश गरिने कुराले राष्ट्रिय अन्तराष्ट्रिय चलचित्रका लागि नगरकोट गन्तव्यस्थल बन्न सक्ने बिश्वास व्यक्त गरिएको छ ।

    त्यस्तै खाश्राङ खुश्रुङ खोला (कासङ खोला ) र महादेव खोला करिडोर निर्माणले चाँगुनारायण नगरपालिकाको शहर बिकासमा सहयोग पुग्ने छ भने स्मार्ट ट्र्यायल सेन्टर र सास्कृतिक औद्योगिक ग्राम पनि चाँगुनारायण नगरपालिकामा बन्ने बजेटमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...