News Portal

  • हनुमन्ते अस्तव्यस्त,करोडौं फ्रिज गरी सरोकारवाला मस्त भन्दै नेता एवं अभियन्ता रंजित आक्रोशित

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ६ ासार २०८१
    ९९५ पटक
    hanumante nareshभक्तपुर, ६ ासार २०८१

    कुनैपनि समाजको सभ्यता त्यसको नदी र खोलानालासंग सम्बन्धित हुन्छ । भक्तपुरको हनुमती(हनुमन्ते) खोलाले पनि यहाँको सभ्यताको प्रतिनिधित्व गर्दछ ।

    बागमती नदीको प्रमुख सहायक मध्येको भक्तपुरको हनुमन्ते खोला उपत्यकाकै सभ्यताको पहिचान पनि हो । तर, पछिल्लो समय यो खोला मिचिँदा सर्वसाधारणले सास्ती पाइरहेका छन् । हनुमन्ते खोलालाई हिउँदमा मान्छेले मिच्छन्, बर्षा लागेपछि यसले मान्छेका बस्ती मिच्ने गर्दछ ।

    वर्षाको समयमा जिल्लाको भक्तपुर, मध्यपुर थिमी र सूर्यविनायक नगरपालिकामा हनुमन्ते आसपासका बस्ती सधै डुबानको जोखिममा रहने गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ बाट नै सल्लाघारीको पुलदेखि बालकुमारी पुल सम्म करिव ९ किलोमिटर हनुमन्ते नदीको दुवै किनारामा ८ मिटर चौडा कालो पत्र सडक, १ देखि २ मिटर चौडा फुटपाथ र १० मिटर चौडा हरियाली क्षेत्र बनाउने भनिएपनि त्यो काम अझैपनि अलपत्र बन्न पुगेको छ ।

    बागमती सभ्यता एकीकृत विकास समितिले हनुमन्ते खोला व्यवस्थापन गर्न खोजेपनि जग्गा बिबादको कारण त्यो सम्भव हुन सकेको छैन । हनुमन्ते करिडोर यो क्षेत्रकै बिकास र सभ्यताको घोतक तथा लाइफ लाइन हुनसक्छ । तर, यसको समस्या सुल्झाउन राजनीतिक र प्रशासनीक नेतृत्व उदाशीन देखिन्छ । यसका लागि अघिल्लो आर्थिक वर्षमा विनियोजित २ अर्व रुपैंयाँ कामै गर्न नसक्दा फ्रिज हुनपुग्यो भने यस आर्थिक वर्षमा पनि सरकारले बिनियोजन गरेको १५ करोड रुपैयाँको कुनै काम हुन सकेको छैन ।

    जनताको करबाट हनुमन्तेलाई यो वर्ष प्राप्त १५ करोड रुपैयाँ खेर जान दिने स्थानीय सरकार, राजनीतिक र प्रशासनीक नेतृत्व तथा सरोकारवालाले यसको जवाफ दिनुपर्ने स्थानीय नेता एवं सामाजिक अभियन्ता नरेश रंजित बताउँछन् ।

    वाइसिएलको केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज समेत रहेका मथिनपा-३ का स्थानीय नरेश रंजित राष्ट्रको लागि दुई घण्टा अभियानका उपाध्यक्ष समेत हुन् । हनुमन्ते सरसफाई अभियानको प्रमुख अभियन्ता रही १ सय हप्ता सरसफाईमा संलग्न भएका रन्जितले हनुमन्तेका लागि आएको रकम प्रयोग गर्न नसक्नु नालायकीपन भएको बताएका छन् ।

    जनताको रगत पसिनाको बजेट फ्रिज भएको छ, हनुमन्ते अव्यस्थित छ भन्दै उनले सार्वजनिक रुपमै आक्रोश पोखेका छन् । हनुमन्ते डुबानले हुने जनधनको क्षतिको जिम्मा बजेट फ्रिज गराउनेहरुले नै लिनुपर्ने उनको भनाइ छ ।

    ” करिडोरको एजेन्डा उठाएर चुनाव जितेको जस्तो सजिलो छैन ।” उनले भनेका छन् । हेक्का रहोस ! हिजो डोजर लगाउन रोक्नेहरु निर्वाचित भएर के हेरिरहेका छन् ?” उनले जनप्रतिनिधिलाई प्रश्न पनि गरेका छन् ।

    चारदोवाटो ब्लक कारखाना लगायतका हनुमन्तेको सार्वजनिक जग्गा हडप्न काम गर्न नदिएको हो भने युवाहरुले त्यसको भण्डाफोर गर्ने उनले चेतावनी दिएका छन् । सार्वजनिक सम्पत्तिको रक्षा र सदुपयोगमा आफूहरू कसैसंग सम्झौता नगर्ने उनको उद्घोष छ । जनतालाई भ्रममा राखेर आफ्नो दुनो सोझ्याउन खोज्नेहरु विरुद्ध आम विकासप्रेमी, हनुमन्तेप्रेमी र प्रकृतीप्रेमीलाई एकजुट हुन उनले अपिल समेत गरेका छन् ।

    ‘हिजो करिडोरमा राजनीति गरेर जनताको रगत पसिनाले तिरेको करको २ अर्ब बजेट फ्रिज भएको बिर्सेको छैन र अहिले प्रदेश सरकारको १५ करोड फ्रिज गरेको हेरिसक्यौं । अब अझै कति चुप बस्ने ? उनले सचेत वर्गलाई प्रश्न गरेका छन् । विकासप्रेमी, हनुमन्तेप्रेमी र प्रकृतीप्रेमीहरु मिलेर हनुमन्तेलाई एक नमूना नदीको रुपमा पुनर्जीवन दिनुपर्नेमा नेता एवं अभियन्ता नरेश रन्जितले जोड दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...