News Portal

  • मोडर्नकी माकजुले ल्याइन् ४ जिपिए, पछिपछि गुरागाईँ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १३ असार २०८१
    ७५५ पटक
    भक्तपुर, १३ असार २०८१

    यस वर्षको एसईई परीक्षामा भक्तपुरको मोडर्न स्कूलकी छात्रा बुमिरा माकजुले ४ जिपिए ल्याएकी छन् । सर्वोत्कृष्ट मानिने ४ जिपिए ल्याउन माकजु सफल भएकी हुन् ।

    विद्यालयका प्रिन्सिपल राजन कस्पालले आफ्नी छात्रा माकजुले ४ जिपिए प्राप्त गरेको पुष्टि गरे । अर्का छात्र प्रज्वल गुरागाईले भने ३.९५ जिपिए प्राप्त गर्दै माकजुलाई पछ्याएका छन् । ४ जनाले ३.९० ल्याएका विद्यालयले जनाएको छ ।

    उच्च माध्यमिक विद्यालय एसोसिएसन(हिसान)का जिल्ला अध्यक्ष समेत रहेका मोडर्नको स्कुल र कलेजका संयुक्त प्राचार्य अनिल कस्पालले एसईई नतिजाले उत्साहित बनाएको बताएका छन् । गुणस्तरीय शिक्षामा विद्यालयले आफूलाई पुन: अब्बल प्रमाणित गरेकोमा उनले सन्तोष ब्यक्त गरे ।

    मोडर्नको दधिकोटबाट १ सय ६ जना र सृजनानगरबाट २९ जना गरी १ सय ३५ विद्यार्थी एसईईमा सामेल भएका थिए ।

    यस् वर्ष गत वर्षहरुमा जस्तो ४ जिपिएको वर्षा भएको छैन । २८ जिल्लाका विद्यार्थीले मात्र ४ जिपिए ल्याएका छन् भने भक्तपुरका ६ सहित देशभर जम्मा १ सय ७६ विद्यार्थीले मात्र यो वर्ष ४ जीपीए ल्याउन सफल भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...