News Portal

  • घरमा बोलाएर दुई जनाको हत्यामा संलग्न ३ जना पक्राउ

    न्यूजकारखाना बीरगंज, २० असार २०८१
    २०७ पटक
    बीरगंज, २० असार २०८१

    पर्सा प्रहरीले बाराका दुई जना ब्यक्तिको हत्यामा संलग्न ३ जना लाई पक्राउ गरेको छ ।  पर्साको जगरनाथपुर गाँउपालिका वडा नं १ बिसुनपुर्वामा भारतसँग सिमा जोडिएको दशगजामा शव भेटिएको थियो । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नं ५ बस्ने घटनाको मुख्य योजनाकार ३३ वर्षिय लक्ष्मण कुमार प्रजापति, पर्साको जगरनाथपुर गाँउपालिका वडा नं ५ बस्ने मुख्य योजनाकार ३२ वर्षिय सन्तोष प्रसाद कुम्हार र त्यहीँ वडाको धर्मपुर बस्ने ४५ वर्षिय महादेव महतो नुनिया रहेका छन्।

    मुख्य योजनाकार भनिएका हरुलाई प्रहरीले वीरगन्ज महानगरपालिका वडा नं १५ भिस्वाबाट पक्राउ गरेको हो भने नुनियालाई उनको घरबाट पक्राउ गरिएको हो। तिनै जनालाई १८ गते मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिए ।

    गत जेष्ठ २९ गते मंगलबारका दिन जगरनाथपुरको ओरिया खोलाको किनारमा नेपाल भारत सिमानाको दशगजाभन्दा ८० मटिर नेपालको सिमाभित्र उत्तर पूर्वतर्फ रहेको खाली जग्गामा दुर्गन्धित अवस्थामा बारा कलैया उपमहानगरपालिका वडा नं ६ बस्ने ६० वर्षीय रामएकवाल पण्डित कुम्हार र आदर्शकोतवाल गाउँपालिका वडा नं ७ घर भई कलैया बस्दै आएका ४० वर्षीय सुरेश ठाकुर लोहारको शव फेला परेको थियो।

    घटनाको सुक्ष्म अध्ययन

    सोको, फारेंसिक डाक्टर र तालिम प्राप्त कुकुर सहितको अनुसन्धान बिशेषज्ञ टोलीले वारदातस्थलबाट कानून बमोजिमको सम्पुर्ण कार्य पुरा गरि लाश पोष्टमार्टमको लागी नारायणी अस्पताल बिरगन्ज पठाए पश्चात बिभिन्नकोणबाट घटनाको शुक्ष्म अनुसन्धान शुरु गरिएको थियो। अनुसन्धानको क्रममा प्राविधिक बिश्लेषण तथा सुक्ष्म अनुसन्धान गर्दा पारिवारीक रिसईबी तथा जग्गा जमिनको विवादको बिषयलाई लिएर योजनाबद्ध तरिकाले हत्या भएको कुरा खुल्न आएको हो ।

    यसरी थियो घटना

    घटना घटाउने मुख्य योजनाकारले हत्याको पुर्ण योजना बनाई मृतकहरुलाई झारफुक एवम धामी झाँक्रीको काम रहेको भन्ने बिश्वासमा पारी बारा जिल्लाबाट दुबै मृतकलाई घटना स्थल सम्म बोलाएका थिए। हत्याको लागि योजनाकारले निश्चित व्यक्तिलाई ८ लाख रुपैया दिएर (सुपाडी) हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको छ। मृतकहरु जेष्ठ २५ गते शुक्रवार साँझ सवा ६ बजेको समयमा बारा जिल्लाको आफ्नो निज निवासबाट बसमा चडी पर्साको प्रतिमा चोकमा झरी प्रतिमा चोकबाट पावर हाउस चोकमा आई पवार हाउस चोकबाट विन्दवासिनी (केहुनीया) जाने गाडी चडी बिन्दाबासीनी चोकमा झरेका थिए।

    त्यस्तै उक्त चोकबाट घटनामा संलग्न एक जना मानिसले दुबै झाक्रीलाई मोटरसाइकलमा चढाइ बहुअर्वाभाठाको बाटो हुँदै हुलाकी सडकबाट लखनपुर पुऱ्याई उक्त स्थानबाट नहरको बाटो हुँदै जगरनाथपुर गाँउपालिका वडा नं. १ बिसुनपूर्वा ओरिया खोलामा लगि मृतकहरुको साथमा भएकै गाम्छाले घाटी बाँधी दुबै जनाको घाटी थिची हत्या गरेको र मृतकको शवलाई घटना घटाएको स्थान नजिकै ओरीया खोला तटमा शव गाडिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    उक्त घटनामा संलग्न योजनाकार सहितको तीन जना व्यक्तिहरु हाल पक्राउ गरिएपनि अन्य संलग्न संकित व्यक्तिहरुको पहिचान भईसकेको र निजहरुको खोजि कार्य भइरहेको प्रवक्ता भारतीले बताए। पक्राउ परेका व्यक्तिहरू माथि कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    शहीद पत्नी एवं भक्तपुर कांग्रेसकी नेतृ झाको निधन

    शहीद पत्नी एवं नेपाल महिला संघ भक्तपुरकी पूर्व अध्यक्ष शारदा झाको निधन भएको छ ।...

    एसईई दिने विद्यार्थीलाई नेसनल प्याव्सन भक्तपुरको अभिमुखीकरण

    नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८१ को एसईईमा सम्मिलित हुने आफ्ना विद्यार्थीलाई अभिमुखीकरण गरेको छ...

    पत्रकार प्रजापतिको उपचारमा पत्रकार महासंघको २९ हजार सहयोग

    भक्तपुर । मुटु रोगको उपचार गरिरहेका पत्रकार प्रेम प्रजापतिलाई नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आर्थिक...

    नगरपालिकाको नमूना काम, किसान दङ्ग

    झापा । झापाको बिर्तामोड नगरपालिकाले नेपालकै नमूनाको रुपमा तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरी किसानलाई...

    ढल्यो ढल्यो भन्दैमा सरकार नढल्ने प्रधानमन्त्री ओलीको जिकिर

    प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले ढल्यो ढल्यो भन्दैमा सरकार नढल्ने जिकिर गरेका छन् । पछिल्ला...