News Portal

  • सूर्यविनायकमा ‘मेयरसंग जनता स्वास्थ्य कार्यक्रम’

    भक्तपुर पोष्ट संवाददाता सूर्यविनायक, २१ ासार २०८१
    ६२४ पटक
    सूर्यविनायक, २१ ासार २०८१

    सूर्यविनायक नगरपालिकाले ‘मेयरसंग जनता स्वास्थ्य कार्यक्रम’ अघि सारेको छ । नगरपालिकाले साउनदेखि शुरु हुने गरी यो कार्यक्रम अघि सारेको हो ।

    सबै नागरिकलाई स्वास्थ्य सेवामा सरल र सहज पहुँच पुर्याउने उदेश्यले उदेश्यले मेयरसंग जनता स्वास्थ्य कार्यक्रम ल्याइएको नगर प्रमुख बासुदेव थापाले बताए । यस अन्तर्गत प्रत्येक वडामा महिनाको कम्तिमा एक दिन चिकित्सक सहितको स्वास्थ्य टोलीले ‘मोबाइल क्लिनिक सेवा’ प्रदान गरिने उनले जानकारी गराए ।

    यसले टेलीमेडिसिनलाई प्रोत्साहन गर्ने र नागरिकको रोग स्क्रिनिंग, उपचार एवं परामर्श सेवा प्रभावाकरी पार्न मद्दत मिल्ने नगरपालिकाले बिश्वास व्यक्त गरेको छ ।

    शुक्रवार पत्रकार भेटघाटमा नगर प्रवक्ता रविन्द्र सापकोटाले नगरपालिकाले स्वास्थ्य संगै शिक्षालाई पनि महत्वका साथ् अघि बढाएको बताए । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाइने बताउदै प्रवक्ता सापकोटाले शिक्षाको गुणस्तर वृद्धिका लागि सिकाइ क्रियाकलाप लाई योजनाबद्ध संचालनका लागि आवधिक शिक्षा योजना निर्माण गरिने जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...