News Portal

  • सांसद दुर्लभ थापालाई मातृशोक

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २७ असार २०८१
    ३०२ पटक
    भक्तपुर, २७ असार २०८१

    नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति एवं भक्तपुर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापालाई मातृशोक परेको छ ।

    उनका ममतामयी माता अम्बिका थापाको बिहीवार बिहान निधन भएको हाे । ८० वर्षीया अम्बिका स्वासप्रश्वास सम्बन्धी रोगबाट ग्रसित थिइन । मध्यपुर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको बताइएको छ ।

    उनको पार्थिव शरीरलाई अन्तिम सस्कारका लागि पशुपति स्थित आर्यघाट पुर्याइएको पारिवारिक श्रोतले जनाएको छ ।

    दिवंगत अम्बिकाका ३ छोरा र १ छोरी छन् । सांसद थापा उनको माहिला छोरा हुन् भने जेठो छोरा दुर्दम थापा सल्लाघारीस्थित एक इञ्जिनियरिङ्ग वर्कशपका संचालक र कान्छा छोरा प्रकाश थापा सिनामंगलस्थित नासा कलेजका सस्थापक अध्यक्ष रहेका छन् । ३ छोरा र छोरी शकुन्तला सबै नै सूर्यविनायक-५ सल्लाघारी निवासी हुन् ।

    प्रतिकृया दिनुहोस्

    बानियाँलाई परास्त गरेका बहादुरसिंह बने काँग्रेसबाट बागमतीमा पहिलो मुख्यमन्त्री

    बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादव चन्द्र...

    टिप्परमा स्कुटी ठोक्किँदा २१ वर्षीय युवकको निधन

    भक्तपुरमा टिप्परको पछाडि ठोक्किएर दुर्घटनामा परेका स्कुटी चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा तेह्रथुम...

    प्रदेशमा भक्तपुरका सांसद थापामगरको मन्त्री पद सुनिश्चित, श्रेष्ठको पनि सम्भावना कायमै

    भक्तपुर-२ (क) सूर्यविनायक क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य किरण थापामगर र भक्तपुर-१ (क) चाँगुनारायण क्षेत्रबाट...

    सत्ताका लागि खेलोफड्को गर्ने र अस्थिरताको दोष व्यवस्थालाई दिने भन्दै नेपालको कटाक्ष

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संसदमा बोल्दै थिए । प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा...

    प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले...