News Portal

  • सत्ताका लागि खेलोफड्को गर्ने र अस्थिरताको दोष व्यवस्थालाई दिने भन्दै नेपालको कटाक्ष

    भक्तपुर, ६ साउन २०८१
    २१५ पटक
    भक्तपुर, ६ साउन २०८१

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संसदमा बोल्दै थिए । प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा विश्वासको मत मागेपछि भएको छलफलमा ओली नै नदेखेपछि उनले सुरुमै कटाक्ष गरे । ओलीमा अरुका कुरा सुन्न सक्ने क्षमता नभएको भन्दै टिप्पणी गरे ।

    ‘सर्वप्रथम त प्रधानमन्त्री नियुक्त हुनुभएकोमा केपी शर्मा ओलीलाई औपचारिकरूपमा बधाई ज्ञापन गर्न चाहन्छु। मैले प्रधानमन्त्रीज्यूलाई देखिरहेको छैन। उहाँले आफ्नो विश्वासको निम्ति मत मागिरहनुभएको छ। तर उहाँ यो हलबाट बेपत्ता हुनुहुन्छ। उहाँले संसदलाई महत्त्व नदिएको लाग्यो। उहाँका लागि महत्त्वपूर्ण कुरा भनेको आजको सदनमा आजको पूरा समय उपस्थिति आवश्यक थियो। सबैका विचार, धारणाहरू सुन्ने धैर्य राख्नुपर्छ,’ उनले भने।

    ‘सत्ता प्राप्तिका लागि अनेकौं खेलोफड्को गर्ने अनि राजनीतिक अस्थिरताको दोष व्यवस्थालाई दिनेकुरा किमार्थ उचित होइन । फ्रान्सको एक मिडियाले नेपाललाई राजनीतिक अस्थिरताको विश्व च्याम्पियन भनेर समाचार छापेको छ । सो मिडियाले भनेजस्तै हामी पछिल्लो १४ वर्षमा १५ औं प्रधानमन्त्रीले राख्नु भएको विश्वासको मत सम्बन्धि प्रश्तावमा छलफल गर्दैछौं । तर मनसुन, बाढी, पहिरो र डुवानले हार गुहार गरिरहेका जनताप्रति बेखवर जस्तै छौं,’ नेपालले भने, ‘पीडितको उद्दार, राहतमा अहोरात्र खटिनुपर्नेमा आज हामी के गरिरहेका छौं ? ठिक यस्तो बेला सरकारको परिवर्तन गर्नु आवश्यक थियो कि थिएन ? जनताले प्रश्न गरेका छन– संसदीय लोकतन्त्रमा प्रतिनिधि सभाको पहिलो र दोस्रो दलको सरकार विरलै देख्न पाईन्छ ।

    एउटाले सरकारमा रहँदा अर्कोले प्रमुख प्रतिपक्षको रुपमा सरकारको खवरदारी गर्नुपर्ने हुन्छ । मध्यरातको अपारदर्शी सम्झौताबाट बनेको यो अप्राकृतिक गठबन्धनको उद्देश्य र औचित्यलाई कसरी पुष्टि गर्न सकिन्छ ? पक्कै पनि यो कुनै राम्रो संकेत देखिँदैन ।’ नेपाल मात्र होइन त्यसपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा प्रधानमन्त्री ओलीको खोजी गरे । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन बोल्दा नै प्रधानमन्त्री हिँडिसकेका थिए। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बोले। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि ‘प्रधानमन्त्रीले कतैबाट सुनिरहनुभएको होला, उहाँलाई बधाई दिन चाहन्छु’ भन्दै कटाक्ष गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...