News Portal

  • टिप्परमा स्कुटी ठोक्किँदा २१ वर्षीय युवकको निधन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ८ साउन २०८१
    ४७० पटक
    भक्तपुर, ८ साउन २०८१

    भक्तपुरमा टिप्परको पछाडि ठोक्किएर दुर्घटनामा परेका स्कुटी चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा तेह्रथुम स्थायी ठेगाना भै मध्यपुर थिमी-३ सागबारी बस्ने नवीन पुदुङ लिम्बू रहेका छन् ।

    सोमबार दिउँसो मध्यपुर थिमी-१ लौहकिन्थली मनोहरामा बिग्रेर रोकिरहेको टिपरमा २१ वर्षीय लिम्बूले चलाएको बागमती प्रदेेेशमा दर्ता रहेको ९०३५ नम्बरको स्कुटी भक्तपुर तर्फ आउदै गर्दा ठोक्किएको थियो । गम्भीर घाइते उनलाई उपचारका लागि भक्तपुर इन्टरनेेेशनल अस्पताल पुर्याइएको थियो । उपचारकै क्रम्मा मंगलबार अपराह्न उनको ज्यान गएको प्रहरीले पुष्टि गरेको हो ।

    आवश्यक अनुसन्धानका लागि टिपर चालक काभ्रे भुम्लुका पूजन शाहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरका डिएसपी राजन केसीले जनाएका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...