News Portal

  • देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ९ साउन २०८१
    ६८५ पटक
    भक्तपुर, ९ साउन २०८१

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन ।

    बुधबार साँझ ८ः४८ बजे व्यासीबाट कमलविनायक तर्फ जाँदै गरेको बागमती ३ ख. ५०८० नम्बरको यात्रुबाहक बसले देकोचामा ठक्कर दिँदा ज्यान गुमाएका मानिसको शनाखत हुन नसकेको प्रहरीले जनाएको हो ।

    अन्दाजी ४०/४५ वर्षका पुरुषको भक्तपुर अस्पतालमा उपचारको क्रममा गए राति नै करिब पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका  सूचना अधिकारी रहेका डिएसपी राजन कार्कीले जानकारी गराएका छन् । ‘मृतक पुरुषको अहिलेसम्म परिचय खुलेको छैन, थप अनुसन्धान हुँदैछ ।” उनले भने । शवलाई भक्तपुर अस्पतालमै राखिएको छ ।

    खुलेन मृतकको पहिचान

    ठक्कर दिने बस र बस चालक हेटौडा-  १० घर भई हाल भक्तपुर बस्दै आएका वर्ष ४५ का अहमद हुसेनलाई  नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...