News Portal

  • मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १० साउन २०८१
    १६९९ पटक
    भक्तपुर, १० साउन २०८१

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका छन् ।

    मध्यपुर थिमिस्थित थिमि ब्याङ्कैटमा शुक्रवार दिउँसो ३ बजेबाट प्रतियोगिता शुरु हुने आयोजक VersinoNepal ले जनाएको छ । प्रतिस्पर्धामा विजेताले रु ५० हजार नगदका साथै ताज र विभिन्न आकर्षक पुरस्कार प्राप्त गर्ने आयोजकको भनाइ छ ।

    प्रतियोगितामा भक्तपुर, ललितपुर र काठमाडौंका १७ देखि २४ उमेर वर्ष उमेर समुहका युवतीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरुको शारारीक, बौद्धिक एवं सांस्कृतिक पक्षहरूको मूल्यांकन गर्दै बिजेता घोषित गरिने बताइएको छ ।

    बिज एजुकेसन,कोष्टलाईन भिजा सर्भिस तथा वेभ हिमालयन स्पोर्टस एण्ड फिटनेस सर्भिसले प्रायोजन गरेको प्रतियोगिताको फ़ाइनलमा बरिष्ठ कलाकार निर शाहको प्रमुख आतिथ्यता रहने प्रचार गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...