News Portal

  • नयाँ थिमिमा टिपरको ठक्करबाट २१ वर्षीय युवकको निधन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १३ साउन २०८१
    ५४५ पटक
    भक्तपुर, १३ साउन २०८१

    भक्तपुरको छ लेन सडक अन्तर्गत नयाँ थिमिमा टिपरको ठक्कर बाट २१ वर्षीय युवकको ज्यान गएको गएको छ । ज्यान गुमाउनेमा काभ्रेको मन्डनदेउपुर-१ घर भै हाल  भक्तपुरको कमलबिनायक बस्दै आएका युवक सुभाष तामाङ रहेका छन् ।

    गएराती १:२० बजे भक्तपुर तर्फ आउदै गर्दा उनले चलाएको बागमती प्रदेश ७ प ५३५३ नम्बरको मोटरसाइकललाई टिपरले पछाडि बाट ठक्कर दिएको थियो । गम्भीर घाइते तामाङलाई मध्यपुर अस्पतालले करिब पौने २ बजे नै मृत घोषित गरिदिएको डिएसपी राजन कार्कीले जानकारी दिए ।

    मोटरसाइकल पछाडि सवार २० वर्षका अर्का युवक सन्जिब थापामगरको भने मध्यपुर अस्पतालमै उपचार भैरहेको डिएसपी केसीले जनाएका छन् ।

    दुर्घटनामा सन्लग्न बागमती प्रदेश ४ ख २९०१ नम्बरको टिपर र चालक मन्डन्देउपुर-६ का राजकुमार राई प्रहरी नियन्त्रणमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...