News Portal

  • पर्वले पवित्र बनाउने भन्दै भक्तपुरमा कांग्रेसको खीर खाने कार्यक्रम सम्पन्न(तस्वीरमा हेर्नुस् )

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १५ साउन २०८१
    ८४९ पटक
    nepali congress bhaktapur khirभक्तपुर, १५ साउन २०८१

    नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरको आयोजनामा खीर खाने कार्यक्रम सम्पन्न भएको छ । मंगलवार साउन १५ अर्थात खीर खाने पर्वको पावन अवसर पारेर नेपाली कांग्रेस भक्तपुरको सल्लाघारीस्थित निर्माणाधीन पार्टी कार्यालयमा खीर खाने कार्यक्रम सम्पन्न भएको हो ।

    पर्वले पवित्र र उत्सवले उत्साहित बनाउने भएकोले संयुक्तरुपमा खीर खाने कार्यक्रम आयोजना गरिएको आयोजक नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका सभापति एवं भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले बताए । खीर खाने कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले जनतासंगको सम्बन्ध खीरजस्तै मिठासपूर्ण बनाउन आफ्ना कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

    सो अवसरमा सभापति थापाले पार्टीले अनावश्यक भोजभतेर कटौती गर्दै मौलिक चाडपर्व मनाउन पर्नेमा जोड दिए । पार्टीले खुशीयाली साटासाट गर्न र भेटघाटका लागि गरिने कार्यक्रमहरु चाडपर्वको अवसर पारेर गर्दा सुनमा सुगन्ध हुने भन्दै उनले मन खोलेर चाडपर्व मनाउन मातहतका समितिहरुलाई सुझाव समेत दिए ।

    असार १५ मा दहीच्युरा खाने, साउन १५ मा खीर खाने जस्ता पर्वले कृषीप्रधान देश नेपालको कृषी उत्पादन र प्रयोगमा जोड दिएको उनको दावी छ । यस्ता पर्वले मौसम अनुसारको शरीरलाई आवश्यक पौष्टिक तत्व प्रदान गर्ने पनि उनले बताए । नेपाली मौलिक पर्व र परम्परामा बैज्ञानिक आधार भेटिने भन्दै उनले यस्ता मौलिक पर्वहरु मनाउन भक्तपुर कांग्रेसले कुनै कन्जुस्याई नगर्ने प्रतिवद्धता पनि प्रकट गरेका छन् ।

    कार्यक्रममा सभापति थापाले चाँगुनारायण-झौखेल-दुवाकोट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको शनिवार सम्पन्न निर्वाचनबाट प्रधुम्न पोखरेलको नेतृत्वमा निर्वाचित उपलब्ध कार्यसमितिका पदाधिकारीलाई बधाई ज्ञापन समेत गरे । नेपाली कांग्रेसको बिचार बोक्ने पदाधिकारी निर्वाचित भएकाले सो समितिले सामुहिक हितमा केन्द्रीत रही कार्य गर्ने सभापति थापाले विश्वास व्यक्त गरेका छन् ।

    त्यसैगरी कार्यक्रममा दधिकोट सहरी खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित मन्दिरा बास्कोटा लगायतलाई पनि बधाई ज्ञापन गरिएको थियो । पार्टीको तर्फबाट उम्मेदवार रही पराजय भोगेका नेताकार्यकर्तालाई पनि सभापति थापाले निरन्तर सक्रियताको शुभकामना सहित खादा लगाई प्रोत्साहित गरेका थिए ।

    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन कृष्ण श्रेष्ठ, जिल्ला कार्यसमितिका पदाधिकारी, क्षेत्रका पदाधिकारीहरु, नगरका पदाधिकारीहरु, बागमती प्रदेश सरकारकी पूर्व मन्त्री रजनी जोंछें, मध्यपुर थिमी नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, वरिष्ठ पत्रकार माथवरसिंह बस्नेत र कविर राणा त्यसैगरी नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, सस्थापक अध्यक्ष रमेश खड्का, पूर्व अध्यक्ष पुष्करराज बुढाथोकी लगायतको समेत सहभागिता रहेको पार्टी सचिव शुशिल बस्नेतले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...