News Portal

  • ४५ वर्षमा नेपाल क्षयरोग निवारण संस्था भक्तपुर, पूर्व सभापति श्रेष्ठ सम्मानित

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १५ साउन २०८१
    ५४९ पटक
    भक्तपुर, १५ साउन २०८१

    नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुर स्थापनाको ४५ वर्ष पुगेको छ । संस्थाले एक कार्यक्रम गरी ४५ औं स्थापना दिवस मनाएको हो ।

    सो अवसरमा पूर्व सभापति बाबुकाजी श्रेष्ठ सम्मानित समेत भएका छन् । संस्थाका सभापति पुष्पलाल तिमिलाले श्रेष्ठको कार्यकाल पूर्ण सफल रहेकोले सम्मान गरिएको जानकारी गराए ।

    प्रमुख अतिथि रहेका नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रिय सदस्य एवं उपत्यका इन्चार्ज महेन्द्रगोपाल कर्माचार्यले श्रेष्ठलाई दोसला ओढाई सम्मान पत्रद्वारा सम्मान गरेका थिए । श्रेष्ठ मध्यपुर संचार समाजका पनि पूर्व अध्यक्ष रहनुका साथै प्रेस सेन्टर नेपालका जिल्ला उपाध्यक्ष, नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमी शाखाका सभापति र शंखधर शाख्वा प्रतिष्ठानका सचिव समेत हुन् ।

    कार्यक्रममा सम्मान पत्र  ग्रहण गर्दै श्रेष्ठले आफ्नो कार्यकालमा संस्थागत विकास, आर्थिक शबलीकरण, अक्षयकोष स्थापना र पुरस्कारको व्यवस्था गरिएको बताए । उनले सबैसंग सहकार्य गरी नयाँ ढंगले क्षयरोग नियन्त्रणका कार्यक्रमहरु गरेको त्यतिवेला नै भक्तपुर जिल्लालाई क्षयरोग मुक्त जिल्ला बनाउने अभियान थालेको बताउनुका साथै क्षयरोग नियन्त्रण अभियानमा अझै निरन्तर लागिरहने प्रतिवद्धता प्रकट गरे ।

    कार्यक्रममा पूर्व पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई पनि कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

    त्यसैगरी निरन्तर ३ दशक भन्दा बढी कर्मचारीको रुपमा सेवा गरेवापत कार्यालय सचिव हिरण्यप्रताप सांगामीलाई सेवा निबृत्त सम्मान गरिएको थियो । सोही कार्यक्रममा कर्मचारी उपदान रकम हस्तान्तरण गरिएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रिय सदस्य एवं उपत्यका इन्चार्ज महेन्द्रगोपाल कर्माचार्यले मन्तव्य दिंदै भक्तपुर शाखा अरु शाखाहरु भन्दा अग्रणीमा रहेको खुलासा गरे । उनले भक्तपुर शाखाको गतिविधिको प्रशंसा पनि गरे ।

    संस्थाका सचिव सुमन श्रेष्ठले कार्यक्रम संचालन गरेको उक्त कार्यक्रममा निवर्तमान सभापति राम सिख्वःले धन्यवाद ज्ञापन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...