News Portal

  • हनुमन्तेले डुबायो अधिकांश तटीय बस्ती : हेर्नुस् तस्वीर

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १६ साउन २०८१
    ६७८ पटक
    dubanभक्तपुर, १६ साउन २०८१

    भक्तपुरमा हनुमन्ते नदीले अधिकांश तटीय बस्ती डुबानमा पारेको छ । रातभर परेको पानीले हनुमन्तेको बहाव बढेपछि बाढी बस्तीमा पसेको हो ।

    भक्तपुरको हनुमानघाट, जगाती, च्यामासिंह, राममन्दिर, बाराहीस्थान र सल्लाघारी आसपासका बस्तीमा पनि बाढी पसेको छ ।

    डुबानले तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ । डा इवामुरा स्मृती अस्पतालमा पनि पानी पसेको छ भने सिद्धिस्मृती अस्पतालमा पानी पसेपछि सेवा नै ठप्प भएको छ ।

    यसैगरी मध्यपुर थिमीको राधेराधे, चारदोबाटो, सागबारी, गठ्ठाघरको तल्लो बेल्ट डुबेका छन् । राधेराधेमा छ लेन सडकको सर्विस ट्रयाक नै खोलामा परिणत बन्न पुगेको छ ।

    सूर्यविनायकको तज टोल मुनि र  बालकोट लगायतका ठाउँमा समेत बस्ती डुबानमा परेका छन् ।

    यस अघि डुबानमा नपरेका बस्तीमा समेत ढलबाट खोलाको पानी पस्ता डुबानको समस्या देखिएको छ ।

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले उच्च सतर्कताका लागि आव्हान गर्नुका साथै उद्धारको आवश्यकता भए जानकारी गराउन समेत आग्रह गरेकी छन् । अविरल वर्षाका कारण जिल्लामा बाढी र पहिरोको जोखिम बढेको उनले बताइन ।

    नेपाल रेड्क्रस सोसाइटीका जिल्लास्थित स्वयंसेवकहरु उद्धारमा खटिएका छन् । राष्ट्रको लागि दुई घण्टा अभियानका अभियन्ताहरु पनि आवश्यक उद्धार र सहजीकरणका लागि खटिएका उपाध्यक्ष नरेश रन्जितले बताएका छन् । जिल्लास्थित राजनीतिक दलका प्रमुखहरुले पनि आवश्यक व्यवस्थापनमा सहयोग गर्न आफ्ना कार्यकर्तालाई निर्देशन जारी गरेका छन् ।

    (शिर्षक अन्यथा भएकोमा सच्याइएको छ ।)

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...