News Portal

  • कक्षा १२ को परीक्षाफल आजै प्रकाशित हुने

    भक्तपुरपोस्ट संवाददातासानोठिमी, १८ साउन २०८१
    ३६८ पटक
    सानोठिमी, १८ साउन २०८१

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आजै प्रकाशनको तयारी गरेको छ । सोको स्वीकृतीको लागि यतिबेला बोर्ड बैठक बसिरहेको छ ।

    सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डको कार्यालयमा अध्यक्ष डा महाश्रम शर्माको अध्यक्षता बोर्ड बैठक बसिरहेको र आजै परीक्षाफल प्रकाशनको तयारी भैरहेको श्रोतको भनाइ छ ।

    १३ सदस्यीय बोर्डले परीक्षाफलको डेमो हेरिसकेको र प्रकाशनको लागि स्वीकृती प्रदान गरिसकेको बताइएको छ ।

    परीक्षाफल प्रकाशित भएपछि राष्ट्रिय परीक्षा बोर्डको वेबसाईट www.neb.gov.np हेरेर अथवा नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरि परीक्षाफल थाहा पाउन सकिनेछ । यसका लागि अन्य सेवाप्रदायकले पनि वेबसाईट, फोन र एसएमएसको सुविधा प्रदान गरेका छन् ।

    गत वैशाख दोश्रो सातामा भएको कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ परीक्षार्थी सहभागी भएका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...