News Portal

  • खेल्ने क्रममा बाल्टिनमा डुबेकी बालिकाको गयो ज्यान

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २२ साउन २०८१
    ४५६ पटक
    भक्तपुर, २२ साउन २०८१

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० चित्तापोलमा ११ महिनाकी बालिकाको बाल्टिनमा डुबेर ज्यान गएको छ । सोमबार साँझ खेल्ने क्रममा अचानक पानी भएको २० लिटर प्लास्टिकको बाल्टिनमा डुबी अशक्त भएकी उनको ख्वप अस्पताल च्यामासिंहमा ज्यान गएको हो ।

    ज्यान गुमाउनेमा सिन्धुपाल्चोक बाह्रबिसे-२ घर भई हाल चित्तापोल बस्ने गिता बस्नेतकी छोरी ११ महिनाकी नेलिस्ता बस्नेत रहेकी जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए ।

    शवलाई पोष्मार्टमको लागि दुवाकोटस्थित केएमसी अस्पताल लगिएको छ । घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरीएको र घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको बृत्त प्रमुख डिएसपी दिप्ती कार्कीले बताइन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...