News Portal

  • इमान्दारिता बिनाको विज्ञता अर्थहीन : बिजुक्छें

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २६ साउन २०८१
    ३८७ पटक
    भक्तपुर, २६ साउन २०८१

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें रोहितले इमान्दारिता बिनाको विज्ञता अर्थहीन हुने भनेका छन् । जुनसुकै क्षेत्रका विज्ञ भए पनि पेशासँंगै इमान्दारिता, नैतिकता, सदाचार र अनुशासन अत्यावश्यक भएको उनको भनाइ छ ।

    भक्तपुर ७ स्थित निओ फ्युजन स्कूल अफ कम्युटरको १९ औ प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ बामपन्थी नेता बिजुक्छेंले देशमा उच्च पदमा आसिनहरुले पद अनुसार व्यवहार नगर्दा समस्या भएको समेत बताए । उनले उच्च पदस्थ व्यक्तिले मात्र नभई जोसुकैले पनि आफ्नो पदको मर्यादा राखेर सोही अनुरुप काम गर्नुपर्नेमा जोड दिए । युवा पुस्ताले यसलाई महत्वका साथ् लिएर काम गर्न उनले सुझाव समेत दिएका छन् ।

    सो अवसरमा वागमति प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले आफूले सिकेको सीपमा दक्षता हासिल गर्नुपर्नेमा जोड दिए । बिदेश पलायन हुनेकुरा बिकृतीकोरुपमा रहेको उल्लेख गर्दै उनले युवा पुस्ताले स्वदेशमै रहेर देश र समाजको सेवा गर्नुपर्ने बताए ।

    कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले मेहनत नै सफलताको कडी भएको भन्दै मेहनत नगर्ने मानिस सफल हुन नसक्ने दावी गरिन । युवा पुस्ताले अझ बढी मिहिनेत गर्नुपर्ने उनले बताइन ।

    कार्यक्रममा आयोजक निओ फ्युजनले निशुल्क तालिममा प्रशिक्षकको रुपमा योगदान गरेका विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको । यस अनसार कृष्णप्रसाद तुईतुई (निःशुल्क हाउस वाइरिङ तालिमका प्रशिक्षक), रेणु त्वानाबासु (निःशुल्क पत्रकारिता तालिमका प्रशिक्षक), दिपेश लागे (निःशुल्क मोवाइल मर्मत तालिमका प्रशिक्षक), सनिशा कोजु (निःशुल्क व्युटि पार्लर तालिमका प्रशिक्षक), उगेन वोयुज (निःशुल्क धिमे बाजा तालिमका प्रशिक्षक), सविन लेवा (निःशुल्क धाँ बाजा तालिमका प्रशिक्षक), लक्ष्मी तामाङ (निःशुल्क नृत्यकला तालिमका प्रशिक्षक), सुमित बनमाला (निःशुल्क गीतार तालिमका प्रशिक्षक) र एन्जिला याकामी (निःशुल्क इन्टिरियल डिजाइन तालिमका प्रशिक्षक) हरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

    साथै, नेवार जातिको मौलिक परम्परागत चित्रकला पौभाका नेपालको ख्याती प्राप्त पौभा कलाकार सूर्यबहादुर चित्रकारलाई सम्मान पत्र प्रदान गरिएको थियो । साथसाथै, राधा ब्याञ्जुलाई १५ वर्ष निरन्तर प्रशिक्षक रहेबापत कदरपत्र प्रदान गरिएको थियो । सो अवसरमा पत्रकार कृष्ण किसीलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।

    निओ फ्युजनका निर्देशक बालकृष्ण बनमालाका अनुसार सो संस्था सन् २००६ मा स्थापना भएको थियो । स्थापनाकालदेखि नै विभिन्न विषयहरुमा युवाहरुलाई निःशुल्क तालिम प्रदान गर्दै आएको उनले जनाएका छन् ।

    यो वर्ष मात्रै एसइई दिएर बसेका दुई सय ३८ जना पुरुष र एक सय ९२ जना महिला गरी कुल ४ सय ६० जनालाई विभिन्न १० थरी तालिम दिइएको उनले जानकारी गराए । उनका अनुसार हालसम्म कुल ६ हजार ७ सय ८० जनालाई विभिन्न तालिमहरु प्रदान गरी सीपयुक्त बनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...