News Portal

  • अखिल नेपाल ट्रेड युनियन महासंघ भक्तपुरमा खड्काको नेतृत्वमा ३३ सदस्यीय नयाँ कार्यसमिति

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २७ साउन २०८१
    २६६ पटक
    भक्तपुर, २७ साउन २०८१

    प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)को मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ भक्तपुर जिल्ला समन्वय समितिमा महेश खड्काको नेतृत्वमा ३३ सदस्यिय नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिवार दुधपाटीमा सम्पन्न महासंघको पाँचौं सम्मेलनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

    सम्मेलनले सिंगो कार्यसमिति नै निर्विरोध निर्बाचित गरेको अखिल नेपाल ट्रेड युनियन महासंघका बागमती प्रदेश अध्यक्ष मिलन लामाले जानकारी गराएका छन् । ३३ सदस्यीय कार्यसमितिमा ९ पदाधिकारी रहेका प्रदेश अध्यक्ष लामाले बताए । नयाँ कार्यसमितिमा अध्यक्ष महेश खड्का रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा रामकिसुन महतो र उपाध्यक्षमा बद्री कोजु र दिपेन्द्र यादव रहेका उनले बताए ।

    त्यसैगरी सचिवमा रोसन लामा, सह सचिवमा रामचन्द्र महतो,सङ्गिता लामा र सरला बाटी रहेका छन् । कोषाध्यक्षमा भने भोज बहादुर शाही निर्वाचित भएका बताईएको छ ।

    कार्यसमितिको सदस्यहरुमा शशी पराजुली, कुमार बरुवाल, दिपेन्द्र थापा, कृष्ण प्रसाद लघु, राजन थापा, दिबाकर थापा, श्रीहरी थापा, कृष्ण बहादुर भुजेल, वीर बहादुर घिसिङ, आइतराम खड्का, बालकृष्ण नेपाली, अम्बर बहादुर तामाङ, प्रयास लामा, सुवास गजमेर, मान बहादुर राउत, उजेलीदेवी महतो, चन्द्र शोभा कपाली, गोपाल घर्ती, प्रचण्ड श्रेष्ठ, सबिना बाटी, सुरेस कुमार यादब, कमलेश कुसवाह, दयाराम देसेमरु, गिता श्रेष्ठ लगायत रहेका छन् ।

    उनीहरुलाई शनिवार नै प्रदेश अध्यक्ष मिलन लामाले पद तथा गोपनियताको सपथग्रहण समेत गराएका छन् भने नवनिर्वाचित अध्यक्ष महेश खड्काले भक्तपुरमा ट्रेड युनियनलाई सबै मजदुरको आस्था र बिश्वासको केन्द्र बनाउने गरी इमान्दारितापूर्वक काम गर्ने प्रतिवद्धता प्रकट गरेका छन् ।

    सम्मेलनमा नेकपा(माओवादी केन्द्र) की स्थायी समिति सदस्य एवं महासंघ फ्र्याक्सन इन्चार्ज जयपुरी घर्तिको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी महासंघको केन्द्रिय अध्यक्ष जगत सिम्खडा, वरिष्ठ उपाध्यक्ष धन बहादुर बिक, उपाध्यक्षहरु प्रकाश श्रेष्ठ, सोम ब. तामाङ, सचिव सङ्गिता बानिया लगायत बागमती प्रदेशको पदाधिकारीहरुको पनि उल्लेखनीय उपस्थिति रहेको प्रदेश अध्यक्ष मिलन लामाले बताए ।

    सो अवसरमा पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभाका सदस्य देवेन्द्र श्रेष्ठ, पार्टी केन्द्रीय सदस्य एवं निवर्तमान मुख्यमन्त्रीका सल्लाहकार डिपी ढकाल, पार्टी केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभाकी पूर्व सदस्य प्रतिमा श्रेष्ठ, बागमती प्रदेश सभाकी सदस्य भुवनकेशरी श्रेष्ठ भावना, जिल्ला संयोजक सुनिल गोठे बासु, महासंघका पूर्व  अध्यक्ष एवं पार्टीका सूर्यविनायक नगर अध्यक्ष सानुकान्छा आलेमगर, वाइसिएल नेपालका जिल्ला संयोजक सरराज उप्रेती लगायतको आतिथ्यता रहेको थियो।

    उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेताहरुले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउनुका साथै वर्गीय हितका लागि एकजुट बन्न दिशानिर्देश गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...