News Portal

  • रेडक्रस भवन यो वर्ष भित्र नै बन्छ : मेयर श्रेष्ठ

    भक्तपुरपोस्ट संवाददातामध्यपुर थिमि, ३० साउन २०८१
    ६४६ पटक
    मध्यपुर थिमि, ३० साउन २०८१

    मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाको आफ्नै भवन बन्ने कुरामा आश्वस्त गराएका छन् । उपशाखाको २७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका मेयर श्रेष्ठले यसै वर्ष भित्र भवन बन्ने बताएका हुन् ।

    मंगलवार शंखधर पार्टी प्यालेसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर श्रेष्ठले भने, ” नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाको भवनका लागि नगरपालिकाले ३० लाख छुट्याएको छ, दशैँ अघि नै भवन शिलान्यास हुन्छ र यसै वर्ष बन्छ।”

    विपद्का बेला सबैभन्दा पहिला रेडक्रस पुग्ने गरेको प्रति सन्तोष व्यक्त गर्दै मेयर श्रेष्ठले यस्ता सामाजिक संघसस्थाका लागि दिल खोलेर सहयोग गर्ने आस्वासन समेत दिए । ”रेडक्रसका लागि आगामी वर्ष पनि बजेट बिनियोजन गर्छौं ।” उनले भने ।

    उनले यो वर्ष नगरपालिकाले आफ्नो प्रशासनिक भवन पनि बनाउने बताए । मेयर श्रेष्ठले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न भवन निर्माणका लागि सम्झौता भै कार्य शुरु हुन लागेको समेत जानकारी गराए । ” करिब सवा अर्वको यो अस्पताल भवन आयोजना २ वर्ष भित्र सम्पन्न गर्नेगरी काम शुरु हुँदैछ ।” उनले भने ।

    दुई वर्षमा मध्यपुर थिमिमा भएका वडागत विकासको अवस्था मूल्यांकन गर्दै नयाँ योजना र कार्यक्रम मार्फत विकास निर्माण लाई आवश्यकताका आधारमा प्राथमिकतापूर्वक अघि बढाउने प्रतिवाद्धता पनि उनलेे प्रकट गरेका छन् ।

    कार्यक्रममा विशेष अतिथि रहेका नगर उपप्रमुख विजय कृष्ण श्रेष्ठले युवा पुस्ता समाजसेवामा भन्दा सामाजिक संजालमा व्यस्त बनेकोप्रति चिन्ता व्यक्त गरे । युवा पुस्ताले समस्या मात्र देख्नु सट्टा सम्भावना र समाधान खोज्नुपर्ने उनको सुझाव छ ।

    रेडक्रस जस्ता संस्थाले युवा पुस्तामा मानवीय संवेदना र सेवाभाव जागृत गराई समाजसेवामा लाग्न प्रेरित गर्नुपर्ने पनि उनले बताएका छन् । राजनीति समाजसेवाकै रुप भएको भन्दै उनले समाज सेवामा जोडिनु जनप्रतिनिधिको पहिलो दायित्व भएको जिकिर गरे ।

    उपप्रमुख श्रेष्ठले शिक्षा र स्वास्थ्यको लागि यो वर्ष नगरपालिकाले १० करोड ५० लाख बढी बजेट बिनियोजन गरेको समेत बताए । उनले गुणस्तरीय शिक्षा र स्वास्थ्यमा स्थानीयको सहज पहुँच पुर्याउन नगर प्रतिवद्ध रहेको प्रष्ट पारे । नगरवासीले राम्रो शिक्षा र स्वास्थ्यको खोजीमा अन्यत्र भौतारिन नपर्ने उनको भनाइ छ ।

    नगरपालिका अस्पतालमा अङ्ग प्रत्यारोपण गर्ने सेवा थप्न्र योजना खुलासा गर्दै उनले यसलाई नगरको मात्र नभई देशकै गुणस्तरीय अस्पतालको रुपमा बिकास गर्ने दावी गरेका छन् ।

    बिकास निर्माण पनि प्रत्येक वडाको आवश्यकताको आधारमा काम भएको भन्दै उनले बाकी कामहरु यो वर्ष र आगामी वर्ष गर्दै जाने जानकारी गराए । अफूहरुले निर्वाचनका बेला गरेको चुनावी प्रतिवद्धता अनुरुप काम गरिरहेको उनको जिकिर छ ।

    स्थानीयको न्यायिक अधिकारको सम्मान गर्दै आफ्नो अधिकार क्षेत्र भित्र रही नगरपालिकाले निस्पक्ष न्याय सम्पादन गरिरहेको र यसबाट सेवाग्राहीहरु सन्तुष्ट रहेका उनले बताएका छन् ।

    कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी भक्तपुर शाखाका सभापति परशुराम पाण्डेले मध्यपुर थिमि उपशाखाले रेड्क्रसकर्मीको मनोबल उच्च राख्न बिबिध सृजनशील कार्य गरेको प्रति प्रसंशा प्रकट गर्दै स्थानीय सरकारले पुर्याइरहेको सहयोगप्रति आभार ब्यक्त गरेका छन् ।

    मध्यपुर थिमि उपशाखाका सभापति बाबुकाजी साछे श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष बालकृष्ण श्रेष्ठ, नेपाल रेड्क्रस सोसाइटी भक्तपुर शाखाका सचिव धर्मराज कार्की, लायन्स क्लव अफ मध्यपुर थिमि शंखधरका सभापति श्रीराम हाकुतमारी श्रेष्ठ, समाजसेवी कृष्णलाल गोजा लगायतको आतिथ्यता रहेका थियो ।

    कार्यक्रममा रक्तदाता तथा सहयोगीहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । सो अवसरमा पत्रकार एवं समाजसेवी रत्न कृष्ण श्रेष्ठले नेपाल रेड्क्रस सोसाइटी मध्यपुर थिमि उपशाखाको भवन निर्माणार्थ ब्यक्तिगत तर्फबाट रु २५ हजार उपशाखाका सभापति बाबुकाजी साछे श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...