News Portal

  • रेड्क्रस मध्यपुर थिमि उपशाखाको भवन निर्माणार्थ पत्रकार श्रेष्ठको २५ हजार सहयोग

    भक्तपुरपोस्ट संवाददातामध्यपुर थिमि, ३० साउन २०८१
    ४४९ पटक
    मध्यपुर थिमि, ३० साउन २०८१

    पत्रकार एवं समाजसेवी रत्नकृष्ण श्रेष्ठले नेपाल रेड्क्रस सोसाइटी मध्यपुर थिमि उपशाखाको भवन निर्माणार्थ ब्यक्तिगत तर्फबाट रु २५ हजार सहयोग गरेका छन् । उपशाखाको २७ औं स्थापना दिवसका अवसरमा मंगलवार आयोजित कार्यक्रममा उनले सो सहयोग हस्तान्तरण गरेका हुन् ।

    उपशाखाका सभापति बाबुकाजी साछे श्रेष्ठलाई चेक हस्तान्तरण गर्दै पत्रकार रत्नकृष्णले सामाजिक सेवाको उत्कृष्ट संस्थाका लागि आफूले सहयोग गर्न पाउँदा सन्तोष व्यक्त गरे । उपशाखाका सभापति श्रेष्ठको लगनशीलता र क्रियाशीलताका कारण पनि आफू सहयोगका लागि प्रेरित भएको उनले प्रष्ट पारे ।

    मध्यपुर थिमि निवासी पत्रकार रत्नकृष्ण श्रेष्ठ प्रेस सेन्टर नेपालको रासस शाखाका अध्यक्ष, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको कार्यसमिति सदस्य, भक्तपुर शाखाका सदस्य एवं वरिष्ठ फोटो पत्रकार हुन् ।

    सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि रहेका मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ र उपमेयर बिजयकृष्ण श्रेष्ठले उपशाखाको भवन यसै वर्ष बन्ने विषयमा आश्वस्त पारेका छन् । नेपाल रेड्क्रस सोसाइटी मध्यपुर थिमि उपशाखाको भवन बनाउन जग्गा उपलब्ध भैसकेको र नगरपालिकाले यो वर्ष रु ३० लाख बिनियोजन समेत गरिदिएको उनीहरुले जानकारी गराए ।

    पत्रकार रत्नकृष्ण जस्ता सहयोगी दाताहरुको कारण भवन निर्माण सहजै सम्पन्न हुने बिस्वास पैदा भएको उनीहरुको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...