News Portal

  • गठ्ठाघरको दर्दनाक दुर्घटनाले स्थानीयमा आक्रोश, सवारी डाइभर्ट

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३१ साउन २०८१
    २४९६ पटक
    भक्तपुर, ३१ साउन २०८१

    भक्तपुरको छ लेन सडक अन्तर्गत गठ्ठाघरमा ट्रकको चक्कामा परी स्कुटी चालकको ज्यान गएको छ । १२ चक्के मालवाहक ट्रकले किच्दा स्कुटी चालकको घटनास्थलमै ज्यान गएको हो ।

    काठमाडौ बाट आइरहेको बा४९प ८९४४ नम्बरको स्कुटीलाई सोही दिशाबाट आइरहेको ना६ख २१७३ नम्बरको मालबाहक ट्रकले गठ्ठाघर बस स्टपमा ठक्कर दिई स्कुटी चालकलाई घिसारेर ज्यान लिएको भन्दै स्थानीय आक्रोशित छन् । स्थानीयको प्रदर्शनका कारण सो क्षेत्र तनावग्रस्त बनेको छ ।

    दुर्घटनापछि ट्राफिक प्रहरीले पुरानो बाटो थिमि रुटमा सवारी साधन ड्राइभर्ट गरेको छ । शव चक्का मुनी बिभत्स अवस्थामा देखिन्छ । दुर्घटना दिउँसो करिब २ बजेको समयमा भएको बताइएको छ । प्रहरीले शव उठाउन सकेको छैन ।

    अवस्था शान्तिपूर्ण बनाउन जिल्ला प्रशासन कार्यालयले पहल गरिरहेको छ । सबैलाई सम्यमता अपनाउन र तनावपूर्ण अवस्था सृजना भएकाे हुँदा सो क्षेत्रबाट यात्रा गर्दा सावधान रहन सिडिओ रोशनीकुमारी श्रेष्ठले आग्रह गरेकी छन् ।

    बिस्तृत विवरण आउन बाकी छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...