भ्रष्टाचार प्रमाणित गर्नेलाई एक लाख पुरस्कार दिने मेयर थापाको उद्घोष

सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले १ रुपैयाँको भष्टाचार प्रमाणित गर्नेलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने बताएका छन् । आफूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने जिकिर गर्दै उनले सोकुरा बताएका हुन् । श्रावणी मेला समापन कार्यक्रममा बिहीवार डोलेश्वर महादेवको अगाडी उभिएर उनले भने, ”मैले एक रुपैयाँ मात्र पनि भ्रष्टाचार गरेको प्रमाण ल्याउनुस, एक लाख रुपैयाँ पुरस्कार दिन्छु ।” आफू किसानको छोरा भएको र खानपुग्ने जग्गाजमिन रहेको भन्दै भ्रष्टाचार गर्नु नपर्ने उनको भनाइ छ । ”मेरो ३ जनाको परिवारमा छोरा अमेरिकामा सरकारी जागिरे छ, हामी दुई बुढाबुढीलाई भ्रष्टाचार गरेर खानुपर्ने अवस्था छैन ।” उनले भने । काम नपाएका अल्छीहरुले सामाजिक संजालमा सूर्यविनायकमा भ्रष्टाचार छ भन्दै काम देखाएका उनले आरोप लगाएका छन् । त्यसकै पछिपछि केही पत्रकार कुदेका उनको आरोप छ । नगर प्रमुख थापाले आफ्नो पारिश्रमिक भत्ता भन्दा बढी २७ लाख रुपैयाँ आफूले अघिल्लो कार्यकालमा सामाजिक सेवामा लगाएको जानकारी गराउदैं यो कार्यकालमा पनि पारिश्रमिक भत्ता सूर्यविनायककै सेवामा खर्च गर्ने जिकिर … Continue reading भ्रष्टाचार प्रमाणित गर्नेलाई एक लाख पुरस्कार दिने मेयर थापाको उद्घोष