News Portal

  • दान गोप्य गर्न तथा करकाप र देखासेखी रहित बनाउन सिडिओ श्रेष्ठको सुझाव

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, ७ भदौ २०८१
    ३८८ पटक
    भक्तपुर, ७ भदौ २०८१

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले धार्मिक दानमा गोपनीयता कायम गर्नुपर्नेमा जोड दिएकी छन् । दान गोप्य र स्वेच्छिकरुपले गर्नपर्ने तथा करकाप र देखासेखी रहित बनाउनुपर्ने उनको सुझाव छ ।

    सूर्यविनायक-८ स्थित डोलेश्वर मन्दिरको श्रावणी मेला समापन कार्यक्रमलाई सम्बोधन गर्दै सिडिओ श्रेष्ठले धार्मिकस्थल र कार्यक्रमलाई दानमा केन्द्रीत गर्दा असहज स्थिति सिर्जना भएको टिप्पणी गरिन । यसले समाजमा वर्गीय विभेदलाई प्रश्रय दिएको उनले प्रष्ट पारेकी छन् ।

    दान गर्न नसक्ने व्यक्तिको पनि धर्ममा उत्तिकै अधिकार भएको र दानको आधारमा सम्मान गर्ने प्रचलनले मानिसको मनोविज्ञानमा गम्भीर आघात पुग्नसक्ने तर्फ सचेत रहनुपर्ने उनको भनाइ छ । ”दान दिन नसक्नेको मनोबल गिर्नेगरी देखाएर दान गर्ने र बढी दान गर्नेलाई सम्मान गरेर नसक्नेलाई हिनताबोध गराउनु हुँदैन ।” उनले भनिन ।

    धार्मिक स्थल आस्था र बिश्वासको केन्द्र भएकोले सबै श्रद्धालुको समान पहुँच र अपनत्वको आधारमा चल्नुपर्ने उनले बताएकी छन् । जनप्रतिनिधि र मन्दिर व्यवस्थापन समितिले पारदर्शीता र सुशासनको नमूना प्रस्तुत गरेर अघि बढ्ने बिश्वास व्यक्त गर्दै सिडिओ श्रेष्ठले पारदर्शीताका नाममा शिलालेखमा धनको प्रदर्शनलाई प्रश्रय दिनु नहुनेमा पनि जोड दिईन ।

    धार्मिक र सास्कृतिक महत्व बोकेको केदारनाथको शीर डोलेश्वर महादेवको दर्शन गर्न लाखौ धार्मिक पर्यटक आउनु खुशीको कुरा भएको र ३८ दिनको श्रावणी मेला अवधीभर कुनै अप्रिय घटना नहुनु अझ खुशीको कुरा भएको भन्दै उनले जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समिति, स्वयंसेवक, सुरक्षाकर्मी र स्थानीयप्रति आभार प्रकट गरिन् ।

    यस अघि सिडिओ श्रेष्ठले डोलेश्वर महादेवको दर्शन गरी पूजाअर्चना पनि गरेकी थिइन् ।

    यो पनि

    भ्रष्टाचार प्रमाणित गर्नेलाई एक लाख पुरस्कार दिने मेयर थापाको उद्घोष

    https://bhaktapurpost.com/archives/53516

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...