News Portal

  • इन्टरनेशनल कन्फिडेरेशन अफ प्रिन्सिपलको बोर्ड सदस्यमा नेपालका प्रअ गौतम निर्वाचित

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १० भदौ २०८१
    ३३७ पटक
    भक्तपुर, १० भदौ २०८१

    इन्टरनेशनल कन्फिडेरेशन अफ प्रिन्सिपल (आइसीपी)को बोर्ड सदस्यमा नेपालबाट प्रधानाध्यापक सुदाम प्रसाद गौतम निर्वाचित भएका छन् । अफ्रिकन देश केन्यामा भएको अधिवेशनबाट गौतमले एशिया प्यासिक क्षेत्रबाट सबैभन्दा बढी मत ल्याइ निर्वाचित भएका हुन् ।

    केन्यामा ३ दिने साधारण सभाबाट आइसीपीको नयाँ नेतृत्व चयन हुँदा एशिया प्यासिफिक रिजनबाट नेपालमात्र निर्वाचित भएको हो । एसिया प्यासिफिक क्षेत्रबाट आइसीपीमा ४९ देश सदस्य रहेका छन् । केन्याको मोम्वासा सहरमा १५५ देशका एक हजारभन्दा बढी प्रतिनिधिहरु सहभागी भएका थिए ।

    काठमाडौंस्थित नेपालबाट शान्ति शिक्षा मन्दिरका प्रधानाध्यापक तथा प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान)का केन्द्रीय अध्यक्ष सुदामप्रसाद गौतम, कन्या मन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान)का केन्द्रीय सचिव घनश्याम न्यौपाने प्रतिनिधिका रुपमा सहभागी भएका थिए । त्यसैगरी काठमाडौं महानगरपालिकाका सहरी विकास आयोगका सदस्य शैलेन्द्र झा अथिति प्रतिनिधिका रुपमा सहभागी भएका थिए ।

    मोम्वासामा ३ दिन आइसीपी काउन्सिलको बैठक, विधान अधिवेशन तथा नयाँ कार्यसिित छनौटको प्रक्रिया सम्पन्न भएको थियो । साथै ४ दिने अन्तराष्ट्रिय कन्भेन्सन सम्पन्न भएको थियो । सम्मेलनबाट नेपाल आइसीपीको पूर्ण सदस्यमा पनि छनौट भएको छ ।

    यसैबीच आइसीपीको अन्तराष्ट्रिय काउन्सिल सदस्यमा निर्वाचित भएका पानका अध्यक्ष गौतम र आइसीपीको वल्र्ड सम्मेलनमा सहभागी भएका पानका सचिव न्यौपानेलाई बधाई ज्ञापन गरिएको छ । प्रिन्सिपल एसोसिएसन अफ नेपाल केन्द्रीय कार्यसमितिले काठमाडौंको दरवार हाइस्कूलमा एक कार्यक्रम आयोजना गरी बधाई ज्ञापन गरेको हो । कार्यक्रममा पान नेपालका अध्यक्ष गौतमले छिट्टै आइसीपी र पानले नेपालमा छिट्टै अन्तराष्ट्रिय शैक्षिक सिम्पोसिएम कार्यक्रम गर्न लागेको र त्यसका लागि आइसीपी काउन्सिलबाट कार्यक्रम पारित भएको जानकारी दिए । त्यसका लागि केही समयमा नै आइसीपीको कार्यकारिणी टिम काठमाडौंमा आउन लागेको पनि जानकारी उनले दिए ।

    शिक्षामा सुधार गर्न विद्यालयको नेतृत्व सवल बनाउने उद्देश्यसहित गठित प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) ले स्कूल लिडरसीप एक्सलेन्सी प्रोग्रामसहित अन्य थुप्रै कार्यक्रम सुरु गरेको छ । पानले हालै विभिन्न ७ वटा विधामा अवार्ड कार्यक्रम वितरण गरेको थियो । जसमा बेस्ट स्कूल अफ द एअर, बेस्ट म्यूनिसीपालिटी अफ द एअर, बेस्ट प्रिन्सिपल अफ द एअर लगायतका क्याटागोरी रहेका थिए । गैर राजनीतिक तथा विशुद्ध व्यवसायिक संस्थाका रुपमा रहेको पानमा हाल ५ हजार प्रधानाध्यापकहरु संगठित रहेका छन् । साथै, पानले सातवटै प्रदेशमा प्रदेश र सबै जिल्लामा कार्यकारीणी समिति गठन गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...