News Portal

  • चाँगुनारायणका उपप्रमुखमाथि सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोप

    भक्तपुर पोष्ट संवाददाता चाँगुनारायण , १२ भदौं, २०८१
    ५३२ पटक
    चाँगुनारायण , १२ भदौं, २०८१

    चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीमाथि सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । न्याय माग्न नगरपालिकामा आएका एक सेवाग्राहीले उपप्रमुख बुढाथोकीले दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

    चाँगुनारायण-३ का ६१ वर्षीय बद्रिप्रसाद दाहालले उपमेयरले आफूलाई कठालो समातेर लछारपछार गरेको र गलहत्याएको आरोप लगाएका हुन् । ”न्याय माग्न जाँदा उपमेयरले कठालो समातेर लछारपछार गर्नुभयो र मेरो सर्टका टाँक पनि चुडाइदिनुभयो, त्यसपछि नगर प्रहरी लगाएर बाहिर निकालि दिनुभयो ।” उनले भने ।

    गत शुक्रवार न्यायिक समितिमा आफ्नो सिमानाको जग्गा विवादबारे छलफल हुँदै गर्दा न्यायिक समितिका संयोजकको हैसियतमा इजलासमा बसेका उप प्रमुखले नै आफूमाथि दुर्व्यवहार गरेकाले आफू अन्यायमा परेको सेवाग्राही दाहालको दावी छ ।

    उपप्रमुख रमेश बुढाथोकीले भने आफूले कुनै दुर्व्यवहार नगरेको बताएका छन् । उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आफूले आरोपी दाहाललाई सधै आदरपूर्वक व्यवहार गरेको जिकिर गरे ।

    ”दुर्भाग्यवस सिसी क्यामेरा बिग्रिएका कारण त्यो समयको भिडियो हेर्न सकिएन, भिडियो हेर्न पाएको भए सबैकुरा झर्लंग हुनेथियो ।” उपमेयर बुढाथोकीले भने । त्यतिबेला सेवाग्राही नै उग्र रुपमा प्रस्तुत भएका र उल्टै आफूमाथि आरोप लगाएका उनको भनाइ छ ।

    यस विषयमा पत्रकार सम्मेलन नै गरी थप प्रष्ट पार्ने उनको सचिवालयले तयारी गरिरहेको बुझिएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...