News Portal

  • जनयुद्ध हिँसा हो भने झापा विद्रोह के हो ? हेर्नुस् योगेशलाई डिपीका ५ प्रश्न

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १२ भदौ २०८१
    ९९४ पटक
    भक्तपुर, १२ भदौ २०८१

    सत्तारुढ दल नेकपा (एमाले) का सचिव योगेश भट्टराईमाथि माओवादीहरु खनिएका छन् । व्यवस्था परिवर्तनको नेतृत्व गरेको तत्कालिन माओवादी जनयुद्धलाई संसदमा हिँसाको संज्ञा दिएपछि भट्टराईसंग उनीहरु असन्तुष्ट बनेका हुन् ।

    सविधानले हिँसा नभनी सशष्त्र द्वन्द्व भनेको विषयलाई एमाले सचिव भट्टराईले आफ्नो पार्टीकै राजनीतिक धारणा भन्दै हिँसा भनेपछि एमाले-माओवादी बीचको सम्बन्ध पेचिलो बनेको छ । संविधानले मद्यमार्गी शब्द चयन गर्दै टुङ्गाएको विषयमा विवाद झिकेर एमाले सचिव भट्टराईले यसलाई पार्टीको आधिकारिक धारणा भन्नु र अन्य एमालेका सांसदले समर्थन गर्नु हेर्दा सामान्य लागेपनि यसको अन्तर्य असामान्य हुनसक्छ । योसंगै, वर्तमान सरकार माओवादीलाई उत्तेजित पार्ने र शान्ति भाड्ने खेलमा त छैन भन्ने आशंका समेत पैदा भएको छ ।

    यसै सन्दर्भमा भक्तपुरका नेता एवं नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले एमाले सचिव भट्टराईलाई ५ प्रश्न गरेका छन् ।

    ”तत्कालिन माओवादी जनयुद्ध हिंसा हो भने तपाँईहरुले झापामा धर्म ढकालहरुको टाउको काटेको घटना के हो ?” नेता ढकालले प्रश्न गरे । २०२८ सालको सो घटनालाई झापा बिद्रोह भन्ने कि झापा हत्याकाण्ड भन्ने ? उनको प्रश्न छ ।

    त्यसैगरी बिश्व बैंकलाई अरुण जलविद्युत आयोजना पैसा लगानी नगर्नु भनेर एमालेले चिट्ठी नलेखेको भए यो देशमा लोड सेडिङ हुन्थ्यो ? उनले दोश्रो प्रश्न गरेका छन् । किन चिट्ठी लेखेको भन्ने जानकारी पनि उनले माग गरेका छन् ।

    उनको तेस्रो प्रश्न छ, ”जनतालाई अन्धकारमा राखेर सबै विद्युत उद्योगमा पठाउने पनि तपाइँहरु अनि आज ती उद्योगीसंग पैसा उठाउनु हुदैन भन्ने पनि तपाइँहरु !” उनले थपेका छन्, “लाज सरम भन्ने कुरा तपाइँको शब्द्कोषमा छैन ?” लाज सरम हुनेले यस्तो हर्कत नगर्ने उनको भनाइ छ ।

    नेपालमा लोडसेडिङ हटेको र उर्जा निर्यात हुन लागेकोमा तपाईं र तपाइँको पार्टीलाई किन यति धेरै पेट पोलेको ? नेता ढकालको अर्को प्रश्न छ । लोडसेडिङ हटेको र उर्जा निर्यात हुन थालेको जस जनताले माओवादी केन्द्रलाई दिएको कुराले एमालेलाई छटपटी भैरहेको उनले जिकिर गरेका छन् ।

    त्यसैगरी माओवादी जनयुद्ध भनेर ने क पा हुँदा दस्तावेजमा लेखेको स्मरण गराउदै नेता ढकालले सोधेका छन्, त्यहीँ बेला हिंसा भनेर किन नलेखेको ?” छेपारो झै रङ्ग फेर्ने यो कस्तो राजनीति हो?” उनले पाचौ प्रश्न सोधेका छन् ।

    केपी ओलीले दिने एक थान मन्त्री पद भन्दा आफ्नो ब्यक्तित्वमा ध्यान दिन नेता ढकालले एमाले सचिव भटराईलाई सुझाव समेत दिएका छन् । ”एक थान मन्त्री पदका लागि भएभरको इमेज ड्यामेज नगर्दै राम्रो !” उनको सुझाव छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...